रोल्पा अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री प्रचण्डद्धारा उद्धाटन

मालश्री खबर
मालश्री खबर २५ कार्तिक २०८०, शनिबार
3 Min Read
Aa

भरत बिश्वकर्मा/मालश्री खबर कात्तिक २५ गते रोल्पा 
रोल्पा अस्पताल रेउघा रोल्पाको नवनिर्मित भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्धाटन गर्न भएको छ । भवन उद्धाघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले रोल्पा जिल्ला भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उत्पादन लगाएत हरेक दृष्टिकोणले पछाडी परेको बताउदै अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको घोषण सँगै यस क्षेत्रमा भौतिक पूर्वाधारको विकासमा पनि तीव्र प्रगति भएको बताउनुभएको छ ।

रोल्पा जिल्ला शान्ति, कान्ति, निर्माण र पुनर्निर्माणको प्रतीक जिल्ला भएको बताउनुभएको थियो । रोल्पाले देशमा युगान्तकारी परिवर्तन ल्याउन नेतृत्वदायी भूमिका खेलेकोले रोल्पा जिल्ला राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा पनि सुपरिचित र स्थापित जिल्ला भएका समेत बताउनु भएको थियो ।

चिन भ्रमणमा जादा आफूले कृषिको उत्पादन बृद्धि र प्रविधिको प्रयोगको सम्बन्धमा भएको सम्झौता रोल्पामा पनि ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

रोल्पा अस्पतालमा जनशक्तिको अभाव र जनशक्तिको अभावसँगसँगै साधन स्रोतको पनि अभाव भएको बताउदै उक्त अस्पतालमा आवश्यक जनशक्ति आपूर्तिको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

‘नेपाल सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा केही नयाँ अभियानहरू अगाडी आएको छ ।’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको दबाबमा नेपाल अझै पनि छ, त्यसको समाधानको लागि सरकार निरन्तर प्रयत्नशील रहेको छ, हिजो आज अर्थतन्त्र सुधारको प्रस्ट संकेट देखा परेका छन् ।

साथै उहाँले तिहार पछि लगतै आर्थिक क्षेत्रको समस्या समाधानको लागि राष्ट्रिय स्तरको वृहत् छलफल र निष्कर्ष निकाल्ने निर्णय गरेको बताउनु भएको छ ।

राष्ट्रिय हितको पक्षमा भारत, चिन, अमेरिका लगाएतको देश सँग ममत्वपूर्ण छलफल भएको बताउदै उहाँले दुवईमा चाडै जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन हुन लागेको र त्यहाँ आफू संसारलाई नै लिड गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्केले लगाएतले पनि आफ्नो मनतव्य राख्नु भएको थियो ।

जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मनतव्य रोल्पा अस्पताल रेउघा रोल्पाकी निमित्त सुपेरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवाललीले राख्नु भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले गर्नु भएको थियो ।

कार्यक्रममा पुर्ब सभामुख ओनसरी घर्तिमगर, पुर्ब मन्त्री एंव संघिय सांसद बर्षमान पुन, लुम्बिनी प्रदेश सभा सदस्यहरु जोख बहादुर महरा,दिपेन्द्र कुमार पुन, मिना बुढा खड्का, जिल्ला स्थित स्थानिय सरकारका प्रमुखहरु, प्रदेश एंव जिल्ला स्थित सबै तहका सुरक्षा निकाएका प्रमुखहरु, जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, उद्योगि व्यावसायी लगाएतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्