भरत विश्वकर्मा, कात्तिक २१ गते गजुल रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाले उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजना कार्यान्वयनको लागि उपभोक्ता समितिहरूका लागि अभिमुखीकरण, योजना सम्झौता तथा खाता सञ्चालन कार्य सुरु गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनको कार्यान्वयनको लागि उपभोक्ता समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण सहिता योजना सम्झौता र खाता सञ्चालन कार्यलाई पनि यस वर्षदेखि वडा स्तरबाटै सञ्चालन गरेको हो ।
उक्त कार्यक्रम आज (मंगलबार) सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुलबाट सुरु गरिएको छ । योजना सम्झौता, खाता सञ्चालन साथै उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सबै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाको प्रमुख आतिथ्ययता रहेको थियो ।
कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले योजना सम्झौता र बैँक खाता सञ्चालन गर्न उपभोक्ता समितिलाई गाउँपालिका जाननपर्ने गरी सहज बनाएको बताउदै उपभोक्ता समितिहरूलाई सबै कामहरू समयमै दिगो र गुणस्तर बनाउन आग्रह गर्नुभयो । सबै उपभोक्ता समितिले आफूले गरेको काम राम्रो गरेर विश्वास दिलाउन आग्रह गर्दै उपभोक्ता समिति मार्फत गरिएका काम गुणस्तर हुदैन भन्ने आरोपलाई चिर्नुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले आफूले गरेको कामको गुणस्तर सुनिश्चित गर्न प्राविधिकसँग नियमित रूपमा समन्वय गरेर काम गर्न उपभोक्ता समितिलाई सुझाब दिनुभयो । उपभोक्ता समितिले जतिसक्दो छिटो काम सम्पन्न आग्रह गर्दै छिटो काम सम्पन्न गरेमा गाउँपालिकाबाट चाडै भुक्तानी हुने बताउनु भएको थियो । कामका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्दा भ्याट दर्ता भएका व्यापारीसँग मात्र कारोबार गर्न उहाँले सुझाब समेत दिनुभएको थियो ।
उपभोक्ता समितिलाई योजना सम्झौता र बैँक खाता सञ्चालन गर्न गाउँपालिकाका धाउनुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गरेर यो वर्षदेखि गाउँपालिकाले उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाको अभिमुखीकरण, योजना सम्झौता र खाता सञ्चालन पनि वडा वाटै सहज रूपमा घुम्टी सेवा प्रवाह गरेको योजना शाखा प्रमुख रनबिर बुढाले बताउनु भयो ।
योजना कार्यान्वयनका लागि गाउँपालिकामा पटक-पटक जानुपर्ने समस्याको हल भएको उपभोक्ता समितिका पदाधिकारीहरूले बताएका छन् । पहिलो वर्षमा योजना सम्झौता गर्न साथै खाता सञ्चालनको लागि गाउँपालिका गइरहनु पर्ने झन्जट थियो अहिले यो समस्या हल भएकोले आफूहरूलाई काम गर्न सहज हुने उपभोक्ता समितिहरूले बताएका छन् ।
कार्यक्रममा लेखा प्रमुख मधुसूदन गैरे, कम्प्युटर अपरेटर हिरा बुढा, सहायक इन्चार्ज नारायण खड्का, ग्लोबल आइएमई बैँकका कर्मचारी आर्दसराज सुवेदी, कम्प्युटर अपरेटर आशिस भारद्वाज, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, वडा नम्बर ६ मा सञ्चालन हने योजनाका उपभोक्ता समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको सञ्चालन वडा नम्बर ६ गजुलका वडा सचिव मेख बहादुर थापाले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्