भुकम्पले गंगादेवको एक विद्यालयमा क्षेति

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

कार्तिक २१,२०८० मंगलबार

जाजरकोटको रामीडाडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले गंगादेव गाउँपालिकाको एक विद्यालयमा क्षेती पुर्याएको छ । कार्तिक १७ शुक्रबार राति ११ः४७ बजेको समयमा आएको भुकम्पले विद्यालयमा क्षेती पुर्याएको भुवन केसीले मालश्री खबरलाई जानकारि दिनुभएको हो ।

अमरसत्य प्राथमिक विद्यालय गंगादेव गाउँपालिका ६ झुलहुने टाकुरा राँक रोल्पाको बिदयालयका २ वटा भवनमा क्षेति पुगेको बतार्ईएको छ। करिब ४५ लाखको लागतमा भखैरै निर्माण सम्पन्न भएको २ तले ४ कोठे भवन र अर्को २०७२ सालमा निर्माण गरिएको २ कोठे भवनमा क्षेती पुगेको बताईएको छ। बिदयालका प्रधानध्यापक पबन कुमार वलीका अनुसार भुकम्पले करिब ५५ र ६० लाख जति लागतमा निर्माण गरिएका भवनहरु ठाउँ ठाउँमा चर्किएको बताउनु भयो ।

बिदयालय भवन १७ गते चर्किएको भएपनि आजभोलि बिदयालय दशै तिहारको बिदा भएको र आज मंगलबार बिहान मात्रै बिदयालय परिसरमा अलोकन गर्दा उक्त क्षति भएको जानकारी दिनुभएको छ। उक्त भवनहरु चर्किएको विषयमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवाला निकाय सबैलाई जानकारी गराइएको पनि वलिले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्