मालश्री खबर, कात्तिक २० गते रोल्पा ।
सुनछहरी गाउँपालिका ४ घोगा निवासी स्वदेश तथा विदेशमा रहेका युवाहरू एवम् स्थानीयहरूको सहयोगमा ‘आफ्नो गाउँ आफै बनाउ सामाजिक समूह’द्वारा उक्त गाउँमा पक्की गोरेटो बाटो बनाएका छन् । करिब १ किलोमिटरको पक्की गोरेटो बाटो स्थानीहरूको करिब १२ लाखको सहयोगमा निर्माण गरेको उक्त समूहले जानकारी दिएको छ ।
‘हामी बनाउछौ आफ्नो गाउँ’ भन्ने नाराका साथ सुनछहरी गाउँपालिका ४ घोगा निवासी देश तथ विदेशमा रहेका युवाहरू एवम् घोगावासी स्थानीयको सक्रियतामा उक्त गोरेटो बाटो निर्माण गरिएको ‘आफ्नो गाउँ आफै बनाउ सामाजिक समूह’का महासचिव तिलक जि.एम.ले जानकारी दिनुभयो । उक्त पक्की गोरेटो बाटो स्थानीयहरूको करिब १२ लाख बराबरको लगानीमा निर्माण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
०७९ सालदेखि निर्माण कार्य सुरु गरिएको गोरेटो बाटोको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । निर्माण कार्य सम्पन्न भए पश्चात् कार्तिक २२ गते उद्घाटन गर्ने तयारी भएको ‘आफ्नो गाउँ आफै बनाउ सामाजिक समूह’का संयोजक लिल बहादुर घर्ती मगरले जानकारी दिनुभएको छ । उक्त बाटोको उद्घाटन सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरको प्रमुख आतिथ्ययतामा गर्न लागेको उहाँले जानकारी दिनुभएको छ ।
साथै उद्घाटन कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार, कलाकार, युवा क्लब, आमा समूह लगायत सरोकारवाला सबैमा आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्