मालश्री खबर, कार्तिक १८ गते रोल्पा
शुक्रबार राती जाजरकोट केन्द्र बनाएर गएको भुकम्पबाट रोल्पामा कुनै भौतिक क्षेती भएको भए जिल्ला प्रसाशन कार्यालयका सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आग्रह गर्नु भएको छ ।
भुकम्पबाट रोल्पा जिल्लामा अहिलेसम्म केही सामान्य घाइते बाहेक अहिलेसम्म कुनै मानवीय क्षती भएको खबर आफू कहाँ नआएको रोल्पा प्रजिअ घिमिरेले मालश्री खबरलाई जानकारी दिनु भएको छ ।
भुकम्पका कारण केही भौतिक संरचनाहरुमा क्षती पुगेको भए उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुन्छ
प्रमुख जिल्ला अधिकारी रोल्पा ९८५७८२७७७७
जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख ९८५७८२५५५५
जिल्ला प्रहरी कार्यालय रोल्पा सञ्चार ९८५७८२२८५५
जिल्ला प्रहरी कार्यालय रोल्पा कन्ट्रोल १००/ ९८५७८५२५५५
सशस्त्र प्रहरी बल नेपाल रोल्पा ९८५७८७७००५
प्रतिक्रिया दिनुहोस्