Ad image

भुमे बराह युवा समुह माद्दरकाे चौथो वार्षिक उत्सव समापन

मालश्री खबर
मालश्री खबर १६ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १६ गते रोल्पा/

भुमे बराह युवा समुहले आफ्नो चौथो वार्षिक उत्सव समापन गरेको छ ।

लुङ्ग्री गाउँपालिका १ पाङ माद्दर रोल्पामा रहेका भुमे बराह युवा समुहले कार्तिक ६ गते देखी सुरु गरेको चौथो वार्षिक उत्सव आज समापन गरेको समुहले जनाएको छ ।

समुहका अध्यक्ष अशोक पुनमगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङका वडा अध्यक्ष गणेश पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

वार्षिक उत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको थियो । पुरुष भलिवल प्रतियोगितामा ४१ वटा टिमको सहभगिता रहेकोमा सक्रिय सान्ती युवा समुह लुङ्ग्री– ३ सिमेगिठा प्रथम भएको छ । देउराली युवा समुह सानो दाम्री प्युठान द्धितिय, आयोजक तृतिय र नव चेतना युवा क्लब लुङ्ग्री– ४ सालडाडा सान्त्वना भएको छ ।

विजेता टिमलाई क्रमसः २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ ।
महिला भलिवल प्रतियोगितामा ११ वटा टिमको सहभागी रहेकोमा लालीगुरास युवा समुह लुङ्ग्री गाउँपालिका १ लालिपोखरा प्रथम भएको छ । आयोजक ए द्धितिय, शिवसिद्ध युवा समुह लुङ्ग्री– १ खद्दर तृतिय र आयोजक बि सान्त्वना भएको छ ।

विजेता टिमलाई क्रमसः ११ हजार, ८ हजार, ५ हजार र ३ हजार सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ ।
घैटाफोर प्रतियोगितामा समुहका वरिष्ठ खेलाडी सुरज पुनमगर विजेता भएका छन् । वार्षिक उत्सवमा अन्य विभिन्न प्रतियोगितात्मक कार्यक्रमको पनि आयोजना गरिएको बताइएको छ ।

समुहका उपाध्यक्ष तथा वडा नम्बर १ का महिला सदस्य अनिसा पुनमगरको स्वागत मन्त्वयबाट सुरु भएको समापन कार्यक्रमको संचालन समुहका सचिव दलबहादुर पुनमगरले गर्नु भएको भुमे बराह युवा समुहले मालश्री खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्