शहिद स्मृति युवा क्लबको १३ औं वार्षिकोत्सव उद्घाटन

मालश्री खबर
मालश्री खबर ११ कार्तिक २०८०, शनिबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर कार्तिक ११ रोल्पा ।

परिवर्तन गाउँपालिका वडा न. २ राङ्सीमा रहेको शहिद स्मृति युवा क्लबको १३ औं वार्षिकोत्सब समारोहमाको अवसरमा पाँचपुन्नी मेला तथा विविध खेलकुद कार्यक्रमको उद्घाटन भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्तीको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुन रहनु भएको थियोे भने विशिष्ट अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर रहनु भएको थियोे ।

अन्य अतिथिमा वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, बुद्धिजीवी, व्यापारी, विभिन्न झाँकि समूहको उपस्थित रहेको थियोे ।

शहिद स्मृति युवा क्लबका उपाध्यक्ष गणेश बाँठा मगरको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगर, नेकपाका केन्द्रीय सचिवालय सदस्य अनिल केसी, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य मनप्रसाद घर्ती, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लोकेन्द्र घर्ती मगर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सह–सचीव दिपक श्रेष्ठ, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका–२ का इन्चार्ज लालबहादुर घर्ती, जनसेवा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम प्रकाश पुन, परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर लगायत रहेका छन । मेला १५ गतेसम्म जारी रह्ने छ।कार्यक्रमको सञ्चालन शहिद स्मृति युवा क्लबका सचिव यज्ञ घर्ती मगरले गर्नु भएको थियो ।

विशिष्ट अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परम्परा रूपमा लाग्दै आएको मेलालाई अहिले विभिन्न रचनात्मक प्रतियोगिता राखेर सम्पन्न गर्दै आएको बताउनुभयो । पहिले मेला लाग्ने ठाउँ भिरालो भएको र बारम्बार व्यवस्थित बनाउनुपर्छ भन्ने कुरामा मध्यनजर गरी वडा कार्यालय,परिवर्तन गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको सहयोगमा क्लब भवन बनाउन सफल भएको बताउनुभयो ।

प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनले,कार्यक्रमको उद्घाटन गर्दै जित्ने खेलाडीलाई बधाई र सहभागी जनाएर आफ्नो खेल प्रदशन गर्नेलाई पनि धन्यवाद दिनुभयो । मावन संशाधान तर्फ पनि क्लबले ध्यान दिन आग्रह गर्नुभएको छ । समग्र राङ्सीको विकास गर्न यो दल त्यो दल नभनी सबै लाग्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

परिवर्तन गाउँपालिकाको समग्र विकास गर्नको लागि प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो । क्लब एउटा बार्षिकोत्सवमा मात्र सिमित नभएर समाजमा भएका विकृति र विसंगति विरुद्ध काम गर्न र क्लब सबैको साँझा भएकोले सामाजिक कार्य गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्