मालश्री खबर, कार्तिक १० गते रोल्पा ।
नेपाल तरुण दल रोल्पाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल तरुण दल रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वयमा रोल्पा अस्पताल रेउघामा शुक्रबार रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।
‘रगत दान नै जिवन दान हो’ भन्ने कथन सहित नेपाल सास्कृतीक महासंघ नेपालका कोषाध्यक्ष तथा लोकदोहोरी गायिका राधिका हमालले रगत दान गरेर रगत दान कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।
रगत दान गर्नेहरुमा प्रदेश सभा ‘ख’ का क्षेत्रिय सभापती दुर्गाबहादुर खड्का, पुर्व महादिवेशनका प्रतिनिधी श्री कुमारी रोका, नेपाल तरुण दल रोल्पाका सदस्य योगेश कुवर, सदस्य उदय घति लगायतले रगत दान गर्नु भएको हो । आवश्यक परेको खण्डमा सम्पर्कमा आउने गरि रक्त समुह पहिचान गरिएको नेपाल तरुण दल रोल्पाका अध्यक्ष पशुपति घर्तीमगरले बताउनु भएको छ ।
रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेस रोल्पाका सस्थापक पार्टी सभापती एवं पुर्ब मन्त्री सुरेन्द्र हमाल, पुर्व पार्टी सभापती कृष्ण घर्तिमगर, नेपाली कांग्रेस रोल्पाका सचिव सेरबहादुर थापा, नेपाल तरुण दल रोल्पाका अध्यक्ष पशुपति घर्तिमगर, नेपाल रेडक्रस सोसाइटी शाखा रोल्पाका कार्यबाहक सभापती टिकाकुमारी बुढा, नेपाल सास्कृतीक महासंघ नेपालका कोषाध्यक्ष तथा लोकदोहोरी गायिका राधिका हमाल, नेपाल तरुण दल रोल्पा क्षेत्र २ का क्षेत्रिय सभापति तिरजपित बुढा मगर, नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्य , नेपाल तरुण दलका कोषाध्यक्ष प्रताप बुढा, नेबिसंघ रोल्पाका सभापती योगेन्द्र अनुपम जिसी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष पहलमान घर्ति लगायत नेपाली काँग्रेसका विभिन्न भातृ एवं शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्