सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, कार्तिक ७ रोल्पा ।
परिवर्तन गाउँपालिका–३ साबिकको इरिबाङ–८ थुनिकोटमा मेला सम्पन्न भएको छ । बागमारा बाट करिब १ घण्टा पैदल हिडेर वा सवारी साधनमा पनि थुनिकोट पुग्न सकिन्छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले पनि थुनिकोट महत्वपुर्ण मानिन्छ । हरेक बर्षको दशैमा थुनिकोटमा मेला लाग्ने गर्दछ । हिजो सोमबार महानवमीका दिन देवी भगवतीको पुजा गरिएको हो ।
थुनिकोटमा हरेक बर्ष राँगाको बलिदिने गरिन्छ । सोही अनुरुप सोमबारका दिन पनि १२ वटा राँगाको बलिदिइएको मन्दिर संरक्षण समितिले जानकारी दिएको छ । मेला हेर्न रोल्पाका विभिन्न पालिका तथा रुकुम पश्चिम र रुकुम पुर्वी जिल्लाबाट समेत सहभागी हुने गरेको पाइन्छ ।
धार्मिक विश्वासका साथ पुजापात गरिन्छ । थुनिकोट भनेपछि राजतन्त्रको समयमा राजा बसेको ठाउँ भएकोले थुनिकोट नाम हुन गएको मानिन्छ । स्थानीयले सरकारले लगानी र व्यवस्थित गर्न सकेमा राम्रो पर्यटकीय क्षेत्र बन्न सक्ने आकलन गरिएको छ । थुनिकोटलाई पर्यटकीय हिसाबले विकास गर्न सकेमा राम्रो गन्तव्य बन्न सक्छ । त्यसैले सबै निकायको ध्यान र चासो दिनु अहिलेको आवश्यकता मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्