थुनिकोटको दुर्गा भगवती देवीको मन्दिरमा महानवमीको रात रागाँको बलि चढाइयो

मालश्री खबर
मालश्री खबर ७ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ७ गते रोल्पा ।

परिवर्तन गाउँपालिका वडा न. ३ थुनिकोटको दुर्गा भगवती देवीको मन्दिरमा महानवमीको रातभर दुर्गा भगवती देवीको पुजा आरधाना गरिएको छ । थुनिकोटको दुर्गा भगवती देवीको मन्दिरमा महनवमीको दिन ठुलो मेला लाग्ने गर्दछ ।

हिन्दु धर्मालम्बीहरुको महान चाड बडादशै नवमीको दिन मन्दिरमा लोकेन्द्र थापा, भिउमन थापा, भरत थापा, टाइगर परियार, तुलबहादुर डाँगी, महेन्द्र चन्द, पुष्पराज केसी, बद्री चन्द, कमानसिंह बुढा, दिलबहादुर रिजाल, खुमबहादुर डाँगी, ललित केसी, र धरम चन्दले रागाँको बलि चढाउनुभएको छ ।

लोकबहादुर केसी, अलबहादुर बुढा, रेशम थापा, मदनकुमार डाँगी, रामबहादुर डाँगी, भरत केसी, नन्दबहादुर थापा, भोजबहादुर थापा, टेकबहादुर थापा, तिलक थापा र भिमसेन थापा मन्दिरमा रागाँ काट्नुभएको हो ।

नवमीको रातभर पुजा आरधाना गरेर आज विजयादशीको दिन आ–आफ्नो घरमा मान्यजनबाट टिका ग्रहण गरिसके पछी दुर्गा भगवती देवीको मन्दिरमा गएर टिका लगाउने परम्परा रहिआएको मन्दिर व्यबस्थापन समितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्