भुमे बराह युवा समूह रोल्पाले चौथो वार्षिक उत्सव मनाउदै

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ६ गते रोल्पा ।

भुमे बराह युवा समूह लुंग्री गाउँपालिका १ माद्दर रोल्पाले ४ औँ वार्षिक उत्सव २०८० मनाउने भएको छ । समूहले विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव मनाउन लागेको समूहले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

“समाजमा भएका कुसस्कार र कुसस्कृति हटाउ, भुमे बराह यवा समूहको ४ औँ वार्षिक उत्सवमा रमाउ” भन्ने मुल नारा सहित वार्षिक उत्सव मनाउन लागेको बताइएको छ । विजया दशमी तथा शुभ दिपावलिको अवसर पारेर आफ्नो वार्षिक उत्सव मनाउन लागेको जनाइएको छ ।

कार्यक्रममा पुरुष भलिवल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, भाले पकड् प्रतियोगिता, घैटा फोर प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रस्सा कस्सि प्रतियोगिता, हाइजम्प प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । कार्यक्रम कार्तिक ९ गते देखि १४ गते सम्म संञ्चालन हुने समूहले जनाएको छ ।

वार्षिक उत्सवको अवसर पारेर आयोजित गरिएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला, वुद्धिजिवी, समाजसेवी, आमा समुह, युवा समुह, युवा क्लब, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मि, संचारकर्मि, आम महानुभाव लागायतलाई उपस्थित भई दिन पनि समूहले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्