नव सिर्जनशील युवा समूह थनबाङले १० औं वार्षिक उत्सव मनाउदै

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

टेकमन बिष्ट

सोमबार, कार्तिक ६ गते

सुनछहरी गाउँपालिका वडा नं ५ थनबाङ रोल्पामा रहेको नव सिर्जनशील युवा समूह थनबाङ रोल्पाले आफ्नो १० औं वार्षिकोत्सव मनाउने भएको छ । समूहले कार्तिक १४ गते देखि विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो ।

वार्षिक उत्सवको अवसरमा समूहले विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ । जस अन्र्तगत खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला लोकदोहोरी गित प्रतियोगिता, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, ५० वर्ष देखी माथिको खुल्ला पुरुष कुर्सि दौड प्रतियोगिता, खुल्ला ब्याड्मिन्टन प्रतियोगिता, खुल्ला परम्परागत अर्गानिक नृत्य प्रतियोगिता, खुल्ला ३० वर्ष देखी माथिको महिला रस्सा कस्सी प्रतियोगिता, खुल्ला ४० वर्ष देखी माथिको पुरुष रस्सा कस्सी प्रतियोगिता, खुल्ला महिला पुरुष साहिली भाका गित प्रतियोगिता, खुल्ला मारुनी नाच तथा झाँकी नाच प्रतियोगिता, खुल्ला भाले छोपाई प्रतियोगिता, खुल्ला महिला कुर्सि दौड प्रतियोगिता, खुल्ला घैटा फोड् प्रतियोगिता आयोजना गरिएकोे छ ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, वुद्धिजिवी, पत्रकार, समाजसेवी, आमा समुह, युवा समुह, युवा क्लब, सरोकारवाला, खेलप्रेमि, खेलाडी, सुरक्षाकर्मि, संचारकर्मि, जन–समुदाय लागायतलाई उपस्थित भइ दिनको लागि नव सिर्जनशील युवा समूहले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्