मालश्री खबर, कार्तिक ४ गते रोल्पा ।
जनचेतना युवा समुहले आफ्नो वार्षिक उत्सव मनाउने भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका वडा न. ३ इरिवाङ, सर्पलोट रोल्पामा रहेको जनचेतना युवा समुहले आफ्नो १४ औं वार्षिक उत्सव मनाउन लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कार्तिक २० गते देखी २३ गते सम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि मनाउन लागेको समुहका अध्यक्ष मदनकुमार डाँगीले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।
वार्षिक उत्सवको अवसरमा साविक वडास्तरीय पुरुष भलिवल प्रतियोगिता, महिला वडास्तरीय भलिवल प्रतियोगिता, लोकदोहोरी गित प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैटा फोर प्रतियोगिता कार्यक्रम लगायत सास्कृतिक कार्यक्रममको आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा पैसेरु नाच, आमा समुह नाच प्रस्तुत गर्ने समुहलाई नगद सहित सम्मान गरिने बताइएको छ ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न राजनैतिक दल, सरकारी तथा गैरसरकारी सस्था, वुद्धिजिवी, समाजसेवी, आमा समुह, युवा समुह, युवा क्लब, सरोकारवाला लागायतलाई उपस्थित भैदिनहुन समुहका अध्यक्ष मदनकुमार डाँगीले अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्