चाडपर्वमा आफ्नो क्षमताको आधारमा खर्च गर्न गाउँपालिका अध्यक्ष थापाको आग्रह

मालश्री खबर
मालश्री खबर ३० आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

भरत विश्वकर्मा, असोज ३० गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ रोल्पामा दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । लुङ्ग्री गाउँपालिका, हेफर इन्टरनेश्नल परियोजना र सहिद परिवार नेपालद्वारा सञ्चालित लालिगुँरास महिला समूहको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले चाडपर्वको समयमा आफ्नो क्षमताको आधारमा खर्च गर्न सुझाब दिनुभयो । अरुको देखासिकी गरेर खर्चगर्नुभन्दा आफूले सक्दो खर्च गर्न सुझाब दिनुभयो । गाउँपालिकाले महिलाहरूको क्षमताको मूल्याङ्कन गरी सम्मान गर्ने योजना बनाएको उहाँले बताउनुभएको थियो । गाउँपालिकाले महिलाको क्षमताको विकास गर्ने उपदेश्यले पनि बजेटको विनियोजन गरेको उहाँले बताउनुभएको थियो ।

महिला समूहमा आबद्ध भएर महिलाहरूको क्षमतामा विकास भएको देख्दा आफू खुसी भएको लुङ्ग्री गाउँपालिका उपाध्यक्ष दिल कुमारी गुरुङले बताउनुभयो । साथै महिलाहरू अझ सक्षम हुनुपर्ने कुरा बताउदै विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

महिलाहरूको विभिन्न क्षमतामा पहिलेको अवस्था भन्दा अहिलेको अवस्थामा धेरै सुधार भएको लुङ्ग्री ४ का वडा अध्यक्ष विरवल खड्काले बताउनु भयो । महिलाहरू आफै कार्यक्रमको आयोजना गर्न सक्ने हुनुका साथै उद्यमी बनेको उहाँले उहाँले बताउनु भयो । साथै उहाँले सबै महिलाहरू आफैमा आत्मनिर्भर हुनुपर्ने बताउनु भयो ।

लालिगुँरास महिला समूहकी अध्यक्ष अनिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, विशिष्ट अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष दिल कुमारी गुरुङ, वडा नम्बर ४ का वडा अध्यक्ष विरवल खड्का रहनुभएको थियो । कार्यक्रममा हेपर इन्टरनेशनलका कर्मचारी, लुङ्ग्री गाउँपालिकाको ४ नम्बर वडामा सञ्चालित महिला समूहका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन लालिगुँरास महिला समूहकी सचिव संगिता खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्