सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, असोज २७ रोल्पा ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले रोल्पाको गंगादेव गाउँपालिका–३ जिनाबाङ्मा उत्पादन भएका कृषि वस्तुहरु दाङ, नेपालगन्ज हुँदै डिल्लीसम्म पु¥याउने वातावरण लुम्बिनी प्रदेश सरकारले गर्ने बताउनु भएको छ ।
शनिबार गंगादेव गाउँपालिका–३ बडाढुङ्गा रोल्पामा रहेको राष्ट्रपति शैक्षिक सुधार गणेश आधारभूत विद्यालय भवन उद्घाटन समारोह तथा कृषि शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो ।
जिनाबाङ बाटोलाई हरेक बर्ष, हरेक ठाउँमा नरोकिने गरी कालोपत्रे सडक निर्माण गरेर यहाँको उत्पादन दाङसम्म, नेपालगन्जसम्म, नखनौसम्म र दिल्ली सम्म पु¥याउने वातावरण हामीले गर्ने छौँ–लुम्बिनी प्रदेशका मुख्य मन्त्री चौधरीले ती मोडेल तपाईंहरुबाट सिकेर जहाँ बन्छ भने त्यो उत्पादन हुने ठाउँमा बन्ने जिकिर गर्दै भने जहाँ उत्पादन हुन्छ त्यहीँ विकास गर्छौं भनेको समेत दाबी गर्नुभयो । त्यस्तै यहाँ उत्पादन भएका आलु, टमाटर, स्याउ र किबी बजारसम्म जोडेर युवाहरूलाई रोजगार र महिलाहरुलाई रोजगार दिने समेत भनेको छु–उनले भने ।
दाङबाट बसमा सल्यानसम्म आएको र त्यसपछि पैदल हिडेर धमाचौरको स्कुलमा बास बसेर जिनाबाङ आउने गरेको स्मरण गर्नुभयो । सानो हुँदा दाङबाट रोल्पाको जिनाबाङ्मा स्याउको बिउँ र विरुवा लिएर रोल्पा पहिलो पटक आएको बताउदै पहाड कस्तो हुन्छ भन्ने कुरा आफूलाई थाहा नभएको र दाङ्मा जन्मेको चौधरीको छोरा पहिलो पटक यहाँ आउँदा यो ठाउँ निकै राम्रो लागेको थियोे–मुख्य मन्त्री चौधरीले भने।यो ठाउँमा उत्पादन भएको आलु घोडा मार्फत बोकाएर दाङको किसान समक्ष पु¥याएको थिए–चौधरीले भन्नुभयो ।
यहाँबाट धेरै कुरा सिक्ने अवसर पाएका समेत बताउनुभयो । जिनाबाङ्लाई दुईवटा कुराले चिन्ने गरेको छु–यहाँका हरेक किसान मेहनती हुनुहुन्छ, यहाँ आफै उत्पादन गर्ने आफै बिक्री गर्ने गर्नु हुन्छ तर दाङ अन्य जिल्लामा भने अनुदान खाने गर्नु हुन्छ–उनले भने । थप्दै भन्नुभयो अहिले त के छ भन्दा ठुल्ठुला फम बनाउने अनि अनुदान खाने चलन छ मैले बारम्बार भन्दै आएको छु जुन किसानले अनुदान खान्छ त्यो किसान हुन नसक्ने समेत बताउनुभयो ।
साच्चिकै भन्ने हो भने जिनाबाङ्का किसानहरुले समूह बनाएर उत्पादन गर्न पनि जानेको र एकले अर्कोलाई सम्मान गर्दै एक किसानले अर्को किसानको डर्द गर्ने गरेको महशुस आफूले गरेको समेत बताउनुभयो । यहाँका किसानलाई के अभाव छ हिजो पनि प्रदेश सरकारले सहयोग गरेको र अहिले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
साथै यहाँ कृषिको विज्ञ लिएर अनुसन्धान गर्दा स्याउ, आलु, टमाटर, बन्दा र केबी लगायत उत्पादन राम्रो हुने भएकोेले नमूना कृषि गाउँ र स्मात कृषि पकेट क्षेत्र प्रदेश सरकारले घोषणा गरेको समेत बताउनुभयो । मैले सुनेको छु–यहाँका किसानहरुले प्रत्येक घरबाट ६ लाख, ८ लाख र १० लाख सम्मको आलु,टमाटर, बन्दा र केबी बिक्री गर्ने गरेको पाएको छु र जून दिन यहाँको सामूहिक कृषि उत्पादन कम हुन् जान्छ र एक किसानले पनि उत्पादन गर्न छोडनु हुन्छ तब कृषिको भावना र मर्म पनि मर्दै जाने छ–मुख्य मन्त्री चौधरीले भने ।
त्यसैले जिनाबाङका किसानको भावना र मर्मलाई मध्यनजर गर्दै जिनाबाङलाई अहिको निति तथा कार्यक्रममा राखेको छ र जिनाबाङ्कै किसानबाट सिकेर लुम्बिनी प्रदेशका ६ जिल्ला रुकुम पूर्व, रोल्पाको सबै स्थानीय तह, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी लगायतका जिल्लामा यो मोडेल लागु गर्नुस् समेत भनेको छ–उनले भने । लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका अधिकृत र सचीवहरु मार्फत यो अभियान फैलाउन खोजेको समेत बताउनुभयो ।
३० बर्ष पहिले दाङबाट रोल्पा आउँदा पैदल यात्रा गरेको र घोडालाई बोकाएर यहाँ उत्पादन भएका सामानहरु लगेको र अहिले ३० बर्षपछी दोस्रो पटक आउँदा यहाँ बाटो निर्माण भएकोले यो बाटोलाई राम्रो निर्माण गरेर यातायातका साधनले निर्यात गर्ने कुरामा बचनबद्धता प्रकट गर्नुभएको छ।स्कुल निर्माण भएको बताउदै आधुनिक स्कुल निर्माण गरेर दाङ,नेपालगन्ज र काठमाडौ पढ्न नजाने वातावरण निर्माण गर्न सकियो भने प्रदेश सरकार सहयोग गर्न तयार छ– उनले भने।विद्यालयको गुरुको धेरै ठूलो योगदान हुने बताउदै,तपाईंले संसारमा हेर्नुभयो भने,हिजो कुरा हेर्नुभयो भने,राम बनाउनको लागि विश्वमित्रको जरुरी थियो ।
विश्वमित्र नभएको भए सायद राम हुने थिएन,त्यहीँ भएर रामले धर्मको प्रचार गरेर विश्व विजेता बने, अर्जुनको कुरा अर्जुन डाइ पनि गुरुकै कारण अर्जुन बनेका थिए।महाभारतमा जानकी नभएको भए अश्वक सम्राट बन्ने थिएन्न त्यहीँ भएर यहाँका शिक्षक शिक्षिकालाई अनुरोध गर्न चाहन्छु।यी कलिला भाई बहिनीहरुलाई बिल्डिङ दिन सक्छौ होला ? आएर भौतिक दिन सक्छौ होला ?
तर यहाँको शैक्षिक सुधार गर्नुपर्ने तपाईंहरुको काँधमा छ,जिम्मेवारी छ,चनाखो बनाउने कि टीका सर बनाउने कि डिल्ली चौधरी बनाउने कि त्यो तपाईंहरुको जिम्मेवारी छ–उनले भने।
प्रतिक्रिया दिनुहोस्