सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर, असोज २७ रोल्पा ।
गणेश आधारभूत विद्यालयको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको छ । गंगादेव गाउँपालिका–३ जिनाबाङ बडाढुङ्गामा रहेको गणेश आधारभूत विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शनिबार लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्नुभएको हो ।
गणेश आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिराम खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहेर, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जोख बहादुर महरा, लुम्बिनी प्रदेश सरकारका योजना आयोग उपाध्यक्ष डा. नहकुल केसी, गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता केसी, लुम्बिनी प्रदेशका सचीव, गंगादेव गाउँपालिकाका वडा अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता उद्धाघन गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय सरकारको अनुदान ५० लाख र उपभोक्ता समितिको जनश्रमदान ६ लाख ५९ हजार ७ सय ७० रुपियाँ गरी जम्मा ५६ लाख ५९ हजार ७ सय ७० रुपैयाँमा विद्यालयको ४ कोठे पक्की भवन निर्माण भएको थियो।निर्माण कार्य २०७९ पुष १५ गतेदेखि सुरु भइ २०८० असार १५ गते सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्