नेपाल सास्कृतिक महासंघ रोल्पा जिल्ला अधिवेशनको सास्कृतिक कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ आश्विन २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर, असोज २७ गते रोल्पा

नेपाल सास्कृतिक महा संघ रोल्पाको तेस्रो जिल्ला अधिवेशन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल सास्कृतिक महा संघ रोल्पाका सभापती सागरवाबु पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस लुम्बिनी प्रदेशका पार्टी सभापती अमरसिंह पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका पार्टी सभापती अमर सिंह पुनले नेपाल सास्कृतिक महासंघ रोल्पाले रोल्पाका १० वटै वडामा कार्यसमिति चयन गरेकोमा धन्यावाद दिनभयो । सभापती पुनले भन्नुभयोः– कला र सस्कृति भनेको समाज निर्माणको प्रमुख माध्यम हो, सबै मान्छेको मनमा छिट्टै छुने पनि कला र सस्कृति भएकोले नेपाली काँग्रेसलाई माथी उठाउन यस्तो कार्यक्रम भएकोमा आफु खुसी भएको बताउनुभयो । सास्कृतिक संघको कारणले नेपाली काँग्रेस ४६ सालदेखी यहा सम्म आउन सफल भएको बताउनुभयो ।

कार्यक्रमको विशिष्टि अतिथिमा नेपाली काँग्रेस लुम्बिनीका उपसभापती तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल रहनु भएको थियो । अतिथिहरुमा नेपाली काग्रेस रोल्पाका पार्टी सभापती किशोर कुमार आचार्य, नेपाली काँग्रस रोल्पाका सस्थापक सभापती तथा पुर्व राज्यमन्त्री सुरेन्द्र हमाल, पुर्व सांसद लेखनाथ आचार्य, नेपाली काग्रेस रोल्पाका पुर्व पार्टी सभापती कृष्णबहादुर घर्ति र माधव प्रसाद आचार्य, नेपाल सास्कृतिक महासंघ केन्द्रिय महामन्त्री शिव संखर रिजाल (जोगिन्द्र पानवला) स्थानियतहका पार्टी सभापती, उपसभापती, वडाका सभापती, लगायत नेपाली काग्रेसमा आस्थावना भातृ संघ सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा नेपाली काँग्रस सम्पुर्ण भतृसंगठनको तर्फबाट लालकुमारी वली, नेपाली काँग्रेस लुङ्गी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष गणेश पुन, नेपाली काँग्रेस रुन्टीगढी गाउँपालिकाका सभापती तथा गाउँपालिका अध्यक्ष जनक पुन, नेपाली काग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती दुगाबहादुर खड्का, क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती गोपाल घर्तिमगर लगायतले शुभकामन मन्तव्य राख्नुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस र नेपाल सास्कृतिक महासंघ प्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । साहित्यकार तथा पार्टीका पुर्व जिल्ला सचिव कमल प्रसाद बुढा, सास्कृतिक महा संघका सस्थापक सभापती साहित्यकार तथा सास्कृतिक महा संघका सल्लाहकार कल्पना बुढा (केबी बिरही) लाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रमको संचालन साहित्यकार भानुभक्त सन्यासीले गर्नु भएको थियो ।

नेपाल सास्कृतिक महा संघको नँया नेतृत्वको लागि बन्द सत्र भैरहेको अध्यक्ष सागरबावु पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्