मालश्री खबर, असोज २६ गते रोल्पा ।
रोल्पा नगरपालिका वडा नम्बर ३ खुमेलका दुई वटा टोललाई सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको छ । उक्त दुई वटा टोल समूहलाई आज एक कार्यक्रमको बिच सुरक्षित खानेपानी युक्त टोल घोषण गरेको वडा अध्यक्ष राजकुमार पुरीले जानकारी दिनुभयो ।
रोल्पा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्ययता, उपप्रमुख गिता आचार्यको विशिष्ट आतिथ्ययता रहेको बताइएको छ ।
उक्त वडाको खापादेरा खानेपानी तथा सरसफाई उपभोक्त समुह, र रुगेना बरमथान खानेपानी तथा सरसफाइ उपभोक्ता समूहलाई सुरक्षित खानेपानी युक्त टोल घोषण गरी प्रमाण पत्र वितरण गरेको वडाध्यक्ष पुरीले जानकारी दिनुभयो ।
सुरक्षित खानेपानी तथा सरसफाइको सम्पूर्ण मापदण्ड पुरा गरेको उक्त समुदायलाई सुरक्षित खानेपानी युक्त टोल घोषण गरेको रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीले बताउनुभयो ।
उक्त क्षेत्रमा राम्रो सरसफाइ गर्नुका साथै पानिलाई शुद्धिकरण गरेर खाने गरेकोले उल्लेखित टोलहरुलाई सुरक्षित खानेपानी युक्त टोल घोषण गरेको उहाँले बताउनुभयो ।
पहिले भन्दा अहिलेका अवस्थामा समुदायमा सरसराई गर्नपर्छ भन्ने चेतनाको विकास भएको वडा अध्यक्ष राजकुमार पुरीले बताउनुभएको थियो ।
रोल्पा नगरपालिकाका सूचना अधिकृत निसान आचार्यको स्वागत सुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिकाका सूचना अधिकारी शुसिल थापाले गर्नुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्