रोल्पा नगरपालिका कर्मचारीहरुद्धारा आन्दोलनलाई थप ससत्त बनाउदै

मालश्री खबर
मालश्री खबर २३ आश्विन २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, असोज २३ गते  रोल्पा ।

रोल्पा नगरपालिका कर्मचारीहरुले आफुहरुको मागप्रति राज्यले उदासिन्ता देखाएको भन्दै कर्मचारीहरुको आन्दोलनलाई थप ससत्त बनाउदै आएका छन् ।

मंगलबार रोल्पा नगरपालिका कर्मचारीहरुले कार्यालय परिषदमा बिरोध सभाको आयोजना गरेर बिरोध जनाएका छन् ।

रोल्पा नगरपालिका भित्र रहेका सम्पुर्ण कर्मचारीहरुको उपस्थितीमा विरोध सभा गरिएको रोल्पा नगरपालिकाका लेखापाल बसन्त गिरीले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

बिगत केहि दिन यता स्थानिय तहका कर्मचारीहरुले बिभिन्न माग राख्दै आन्दोलन गरि रहेका छन् ।

स्थानिय तहका कर्मचारीहरुले सरकार सँग यस्तो माग राख्दै आएका छन् ।संघीय निजामति सेवा ऐनको सत्ता एकिकृत निजामति सेवा ऐन जारि गर्नु पर्ने, स्थानिय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नु पर्ने, निजामतिको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गर्नु पर्ने, समायोजनका कर्मचारीहरुको (सर्वाेच्च अदालतका निर्देशनात्मक आदेश पालना गरि) उचित व्यवसथापन गर्नु पर्ने, तिनै तहका कर्मचारीहरुको समान वृति विकासको व्यवस्था गर्नु पर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई निजामति अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोड्ने व्यवस्था गर्नु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड यनियनको अधिकार प्रदान गरिनु पर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गर्नु पर्ने आदी मागहरु राख्दै आएका छन् ।

जिल्ला संघर्ष समितिका कोषाध्यक्ष चन्द्रिका विष्टको अध्यक्षतामा बिरोध सभाको आयोजना गरिएको थियो ।
बिरोध कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिमगर, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारी, नगरपालिका शिक्षा अधिकृत महेन्द्र पराजुलि र नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेम बहादुर बुढामगरले स्थानिय तहका कर्मचारीहरुको माग जाएज भएको बताउदै, राज्यले तत्काल बार्ता र संवाद मार्फत कर्मचारीहरुको माग पुरा गर्न तर्फ लाग्नु पर्ने समेत धारणा  राख्नु भएको थियो ।

बिरोध सभामा उपप्रमुख गिता आचार्य,  वडा नं. २ का वडा अध्यक्ष प्रकाश डाँगी, ४ नंं. का अध्यक्ष मित्रलाल गुरुङ, रेडियो मालश्रीका पत्रकार किरण बाबु वलि लगाए नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

रोल्पा नगरपालिका योजना अधिकृत सुशिल थापाको स्वागत मनतव्य बाट सुरु भएको सभाको  संञ्चालन रोल्पा नगरपालिका प्रसासकिय अधिकृत सुदिप डाँगीले गर्नु भएको थियो ।
मंगलबार देखि रोल्पा नगरपालिका बाट हुने सबै सेवा प्रवाहलाई पुर्ण रुपमा बन्द गरिएको समेत रोल्पा नगरपालिका एक कर्मचारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्