Ad image

फगाममा आवधिक योजना सम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न

मालश्री खबर
मालश्री खबर २३ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, असोज २३ गते रोल्पा ।

सुनछहरी गाउँपालिका वडा नं. ६ फगाममा पञ्चवर्षीय आवधिक योजना सम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न भएको छ । सुनछहरी गाउँपालिकाले निर्माण गर्न थालेको आर्थिक वर्ष ०८१/८२ देखि ०८५/८६ सम्मको पञ्चवर्षीय योजना सम्बन्धी गोष्ठि आज फगाममा सम्पन्न भएको हो ।

सुनछहरी गाउँपालिका वडा नं. ६ फगामको वडा कार्लयमा सम्पन्न भएको गोष्ठिमा वडाले पाँच वर्ष सम्म संचालन हुने विभिन्न कार्यक्रम तथा योजनाहरुको बारेमा बृहत्त छलफल गरेछ । विभिन्न राजनैतिक दल, टोल विकास सस्थाका अध्यक्षहरु, आमा समुह युवा क्लव, युवा समुहहरुको सहभागितामा पन्चवर्षिय योजनाहरु तयार गरिएको छ ।

विकास सम्बन्धि विभिन्न क्षेत्रको आधारमा रहेर पाँच वर्ष भित्र गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरुको बारेमा छलफल गरि योजना तयार गरिएको छ ।

- Advertisement -
Ad image

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र वन, वातावरण तथा विपद सम्बन्धी विषयमा सहभागिको समुहगत छलफल गरि योजनाहरु तयार गरिएको बताइएको छ । आगामी पाँच वर्षका लागि योजना निर्माण गर्न सहज हुनुका साथै कार्यान्वयनमा समस्या नहुने वडा अध्यक्ष अमरजित पुनमगले बताउनु भयो । प्रत्येक वर्ष वस्ति स्तरमा पुगेर योजना संकल गर्ने र योजना छनोटमा बेहोरिरहेको समस्या कम हुने अध्यक्ष पुनले बिश्वास ब्यक्त गर्नु भयो । छनोट भएका योजनाहरु श्रृङखला बद्धरुपमा कार्यान्वयन गरिने बताउनु भयो ।

वडा अध्यक्ष अमरजित पुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर पुनको प्रमुख आतिथ्यतामा रहेको थियो भने कार्यक्रमको सहजिकरण गोरखकाली मनकामना अध्ययन अनुशन्धान केन्द्रका सुर्य नेपालले गर्नु भएको थियो ।

कार्यक्रममा जनप्रतिनधी, वडामा क्रियाशिल राजनैतिक दल, टोल विकास सस्थाका अध्यक्षहरु, विद्यालयका प्रधानाअध्यापकहरु, आमा सहुका अध्यक्षहरु, युवा क्लवका प्रतिनिधी विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहको थियो भने कार्यक्रमको संचाल वडा सचिव गन्ज बहादुर थापाले गर्नु भएको थियो । कार्याशाला गोष्ठि पालिकाको ७ वटै वडामा संचालन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्