भुतपूर्व सैनिकको १७ औँ वार्षिक उत्सवको लिबाङमा उद्धघाटन

मालश्री खबर
मालश्री खबर २२ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, असोज २२ गते रोल्पा ।

भुतपुर्ब सैनिकले आफ्नो १७ औँ वार्षिक उत्सवको आज एक कार्यक्रमका बीच लिबाङमा उद्घाटन गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जोख बहादुर महराको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बीच लिबाङको टुडिखेलमा उद्घाटन गरेको नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिहरुमा लुुम्बिनी प्रदेश हिताधिकारी कल्यान केन्द्र प्रमुख अवकास प्राप्त महा सेनानी इन्द्र बहादुर शाह र रोल्पा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो । अतिथिहरुमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, विभिन्न गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लामा विविन्न संघसंस्थाहरुमा आवद्ध प्रमुख तथा प्रतिनिथिहरु, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी, आमा समूह, जिल्लामा विविन्न मिडियामा आवद्ध पत्रकारहरु सुरक्षाकर्मी लगायतका उपस्थित रहेको थियो ।

नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका सभापति खिम विक्रम के.सी. को अध्यक्षतामा भएको थियो । नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका सचिव विर बहादुर कवरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका सदस्य बिरसिंङ घर्ति को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका कोषाध्यक्ष तिलचन्द्र आचार्य ले गर्नु भएको थियो ।

वार्षिक उत्सवको अवसरमा साविक राप्ती अंञ्चल स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता, खुल्ला जिल्ला स्तरिय महिला तथा पुरुष कपर्दी प्रतियोगिता, जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको आयोजनले जानकारी दिएको छ । साथै अन्य विविध कार्यक्रम अन्र्तगत महिला कुर्सि दौड प्रतियागिता, रस्सा कस्सी महिला, पुरुष प्रतियोगिता, भाले छोपाई प्रतियोगिता र दैनिक हाउजी विंगो प्रतियोगिताको समेत आयोजना गरिएको आयोजकले जानकारी दिएको हो । त्यस्तै टाढाबाट आउने खेलाडीको सुविधाको लागि दैनिक सस्तो मेश पनि संचालन गरिने बताइएको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद, मेडल, ट्रर्फि र प्रमाणप्रत्रको व्यवस्था गरिएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्