घोडागाउँमा बाल विवाह, आत्महत्या लगाएत विविध विषयमा सरोकारवालाहरू बिच अन्तरक्रिया

मालश्री खबर
मालश्री खबर १९ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा, असोज १९ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँमा बाल विवाह, आत्महत्या, वडामा सञ्चालित विद्यालयको अवस्था लगाएत विविध विषयहरूमा सरोकारवालाहरूको बिचमा अन्तरक्रिया भएको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरूसँग गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधिहरूको बिचमा अन्तरक्रिया भएको बताइएको छ । अन्तरक्रिया कार्यक्रममा गाउँमा वर्तमान समयमा बालविवाह गर्ने, आत्महत्या गर्नेको अवस्था साथै वडामा सञ्चालित विद्यालयको वर्तमान अवस्थाको बारेमा पनि छलफल भएको बताइएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कुमार कवरको अध्यक्षता साथै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्ययतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको विशिष्ट आतिथ्ययता रहेको थियो ।

कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगाएतको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्