लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न संघिय सरकारलाई सिफारिस गरेपछि गाउँपालिकाको केन्द्र र नाम फेरिने बाटो खुल्दै गएको छ । भदौ ७ गते बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरे पछि थप बाटो खुलेको हो ।
गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं.२ सुखाओडार जिनाबाङमा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय भएका थियो । गंगादेव गाउँपालिका, सानडाँडा रोल्पाको गत बैशाख ८ गतेको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार जिनावाङ रहने गरि निर्णय गरेको जनाइएको छ ।
स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गाउँपालिकाको नाम परिवर्तन सम्बन्धमा संघीय सरकारमा सिफारिस गर्न अनुरोध सहित प्रदेश सरकारमा पत्र पत्र पठाएको भएको थियो । सो पत्रको आधारमा प्रदेश सरकारको मन्त्रिपरिषद बाट स्वीकृत गरेको छ । गाउँसभाबाट पारित प्रस्ताव संघिय सरकारमा पठाउने निर्णय स्वीकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन २१ मा स्वीकृति प्रदान गरेका थिए ।
प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको हो । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बिषयमा पटक पटक विवादको बीच पनि गाउँपालिकाले पुरानै नाम र केन्द्र परिवर्तन गर्ने दौडधुपमा लागेको देखिन्छ । तर गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुन भने “आफ्नो चुनावको समयमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने भनी भोट मागेका बताए, अध्यक्ष पुनको घोषणापत्रमा पनि पहिलेकै नाम र केन्द्र कायम गर्ने भनि उल्लेख गरिएको थियो । पुनले थप्दै भन्नु भएको छ –पहिले नाम र केन्द्र परिवर्तन गर्ने विषयमा केही विवाद भएको थियोे तर अहिले त्यति विवाद नभएको बताउनु भयो ।
पहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा लगायतले पार्टीहरुले यस बिषयमा बिरोध गर्नु भएको थियो तर अहिले उहाँहरुले पनि विवाद गर्नु भएको छैन अध्यक्ष पुनले भन्नु भयो ।” गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने सन्दर्भमा केही समय पर्खनु पर्ने कुरामा पुनले जोडदिनु भएको छ । गंगादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय गत २०७९ असार १७ गते शुक्रबार बसेको कार्यपालिकाको बैठकले पालिकाको नाम ‘सुकिदह’ नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको थियोे । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन आगामी गाउँसभामा पेश गर्ने निर्णय भएको थियोे भने रोल्पाको गंगादेव गाउँपालिकाको गाउँसभा आगामी असार ३१ गते शुक्रबार भएको थियो ।
अध्यक्ष पुनले गाउँपालिकाको नाम परिवर्तन गर्ने आफ्नो चुनावी घोषणा प्रतिवद्धतामा भएको र सोही अनुसार आफूहरू अगाडि बढेको प्रतिक्रिया दिएका थिए । अहिले गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडाध्यक्षको नेतृत्व गरि रहेको छ । एउटा वडा न ३ मा भने नेकपा माओवादी केन्द्रको उम्मेदवार र बिजय भएर वडाको नेतृत्व गर्नु भएको छ । त्यस्तै अर्को एउटा वडा न. ६ मा भने नेकपा एमालेका उम्मेदवारले जितेर वडाको नेतृत्व गर्नु भएको छ ।
यसरी हेर्दा गंगादेव गाउँपालिकामा बहुमत नेपाली कांग्रेसको रहेको छ । सुकिदह गाउँपालिकाको स्थापना नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो।देश संघीयतामा प्रवेश गरेसँगै ७ वटा प्रदेश र ७५३ स्थानीय तह निर्माणले पूर्णता पायो।जसअन्तर्गत रोल्पाको सुकिदह गाउँपालिका पनि एक हो।वि.सं.२०७३ पुष १८ गते सुकिदह गाउँपालिकाको स्थापना र नामाकरण गरिएको थियो । वि.सं.२०७४ असार १४ गते पहिलो स्थानीय तहको निर्वाचन भएको थियो। असार १४ को निर्वाचनमा सुकिदह गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट वीर बहादुर खत्री निर्वाचित भएका थिए । खत्रीले अध्यक्ष भएपछि सुकिदह नामलाई परिवर्तन गाउँपालिकाको नाम गंगादेव राखेका थिए ।
स्थानीय तह निर्वाचन वि.सं.२०७९ दोस्रो स्थानीय तह बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्ष हरि बहादुर पुन निर्वाचित भए।पुनले भने पहिलेकै नाम सुकिदह फर्काउने पक्षमा उभिनु भयो । सुकिदह गाउँपालिकाको नाम गाउँसभामा पेश भएपनि स्थानीय तहको उक्त निर्णय मन्त्रीपरिषदले अनुमोदन गर्नुपर्ने छ र गरेर पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेमा पठाउने निर्णय गरि सिफारिस गरेको छ । गंगादेव गाउँपालिकाले सुकिदहको नाममा मुर्तरुप पाउन कानुनी व्यवधानहरुलाई पन्छाउन सक्छ वा सक्दैन ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्