मालश्री खबर, असोज १९ गते रोल्पा ।
आन्दोलनरत स्थानियतहका कर्मचारीहरुको आन्दोलन प्रति रोल्पाका ३ कर्मचारी संगठनको एक्यवद्धता जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन रोल्पा, नेपाल निजामती कर्मचारी युनियन रोल्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन रोल्पा संगठनले एक्यवद्धता सहित प्रेस सार्वजनिक सार्वजनिक गरेका हुन् ।
आन्दोलनरत स्थानिय तहरुमा कार्यरत कर्मचारीहरुको जायज मागहरु प्रति एक्यवद्धता जनाउदै ति मागहरुलाई वार्ता, संवाद र छलफलको माध्ययमबाट समाधान गरी छाता ऐनको रुपामा रहेको संघीय निजामती सेवा ऐन यथासिघ्र जारी गर्न तर्फ पहल कदमी दिन प्रेस विज्ञप्ति सार्वजनिक गरेको विज्ञप्ति बताइएकाे छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष हिमाल घर्तिमगर, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष ईन्दिरा अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति रोल्पाका सचिव मिराज कवरले हस्तक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ– संविधान जारी भएको करिब एक दशक पुग्न लाग्दा समेत संघीय सेवा ऐन लगायतका विधयेक संसदमा दर्ता नहुनु र दर्ता भएका विधयकहरु समेत सरोकारवाला पक्षहरु संग पर्याप्त छलफल नगरी उनिहरुका हितमा नआउनु दुखद पक्ष हो ।
हालसालै नेपाल सरकारले संघिय संसदमा दर्ता गर्ने गरी स्विकृत प्रदान गरेको संघिय निजामती सेवा ऐनमा उल्लेख भएका बिषय बस्तु प्रति असहमती जनाउदै स्थानिय तह कर्मचारी केन्द्रिय संघर्ष समिती को आह्वानमा असोज १५ गते देखी चरणवद्ध रुपामा दबावमुलक कार्यक्रमहरु काठमाडौ र देशभरका स्थानिय तहहरुमा संचालित रहेक विज्ञप्तिमा भनिएको छ ।
संघीय निजामती ऐन समयमा नआउदा कैयन प्रदेशका प्रदेश निजामती सेवा ऐनहरु जारी हुन नसकेको र जारी भएका ऐनहरु समेत संघीय निजामती ऐन संग मेल नखादाँ कर्मचारीमा अन्यौलता, विभेद, असान्त र वृति विकासमा असर पर्ने देखिन्छ । हरेक कर्मचरीलाई दिइने मर्यादा, सेवा सुविधा र वृति विकासको अवसर र समानता, निर्वाहमुखी, तुलनायोग्य र सामाजिक न्याय लगायतका सिद्धान्तमा आधरित हुनुपर्दछ । सबै तहरुमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुको आत्मासम्मान र कार्यसम्पादनमा असर पर्नेगरी कुनैपनी कृयाकलाप आधिकारीक निकायबाट गरिनु नहुने विज्ञप्तिीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्