मालश्री खबर, असोज १८ गते रोल्पा/
नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति रोल्पाले शैक्षिक आन्दोलनको समिक्षा कार्यक्रम गरेको छ । आज सदरमुकाम लिबाङमा जिल्ला भरका शिक्षकहरुको उपस्थितमा कार्यक्रम गरेको बताइएको छ ।
कार्यक्रममा काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनको गतिविधिको बारेमा समिक्षा गरिएको शिक्षक संघ रोल्पाका उपाध्यक्ष तथा शिक्षक महासंघ रोल्पा नगरपालिकाका सचिव केबी बिरहीले जानकारी दिनुभयो ।
शिक्षक महासंघ रोल्पाले समिक्षा कार्यक्रममा शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा जादा २ दिन छुटेको विद्यार्थीहरुको पढाई मंसिर महिनामा सनिबार अनुकुल पारेर विद्यालय खोलेर शिक्षण गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै रोल्पाबाट काठमार्डौ आन्दोलमा जादा खर्च भएको आर्थिक खर्च विवरण शिक्षक महासंघका पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रस्तुत गर्नुभएको थियो ।
माडी गाउँपालिका वडा नम्बर २ को कृष्ण माध्यामिक विद्यालयमा अध्ययापन गराउने त्रिवेणी गाउपालिका गैरीगाउँ निवासी शिक्षक यज्ञबहादुर डाँगीको निधन प्रति शोक प्रस्ताब पारित गरिएको शिक्षक महासंघ रोल्पाले जानकारी दिएको छ ।
शिक्षक महासंघ जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ल भरको शिक्षकहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्