बाँके घटनाप्रति सबैलाई सद्भाव कायम गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आग्रह

मालश्री खबर
मालश्री खबर १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, असोज १७ गते ।

नेपाली कांगे्रस लुम्बिनी प्रदेशद्वारा बाँके जिल्लाको नेपालगञ्जमा केही दिन यता भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याएको बिषयप्रती चिन्ता प्रकट गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक सदभावलाई प्रगाढ बनाउन अपिल गरेको छ ।

नेपाली कांगेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनद्वारा हस्ताक्षरित अपिल पत्रमा “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषताले एक सुन्दर मुलुक हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी प्रदेशमा बुद्धले देखाउनु भएको शान्ति, भातृत्व अहिंसा, करुणा र समृद्धीको सन्देश आजको हिंसा, गरिवी, द्वन्द्व र अशान्तिले आकान्तविश्वका माझ बढी सान्दर्भिक रहेको आस्थामा धार्मिक तथा सामाजिक सदभावनामा खलल् पुग्ने यस्ता किसिमका गतिविधि नगर्न÷नगराउन हार्दिक आव्हान गर्द छौ ।” उक्र पत्रमा भनिएको छ ।


साथै यस्तो संवेदनशीलतालाई मध्यनजर गर्दै त्यस क्षेत्रका राजनैतिक दल, स्थानिय जनप्रतिनिधि, धार्मिक एवं सामाजिक संघ–संस्थाहरु, नागरिक समाज एवं समाजका अग्रज व्याक्तित्वहरुलाई बुद्धले दिएको शान्ति र एकताको सन्देश मार्फत सबै जाति, धर्म एवं सम्प्रदाय विचको आपसी सम्मान, एकताबद्ध र सद्भावना कायम राख्ने कार्यमा जुट्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्