सुनछहरी गाउँपालिकाले पञ्चवर्षिय योजना तर्जुमा गोष्ठी गर्दै

मालश्री खबर
मालश्री खबर १६ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, असोज १६ गते रोल्पा ।

सुनछहरी गाउँपालिलाले आवधिक पञ्चवर्षीय योजना पुर्व तयारी कार्यशाला गोष्ठी गर्ने भएको छ । २0८१/0८२ देखी २0८५/0८६ सम्मको आवधिक पञ्चवर्षीय योजना पुर्व तयारी कार्यक्रम असोज २१ गते गर्न लागेको सुनछहरी गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको उक्त कार्यक्रममा गाउँ कार्यपालिका पदाधिकारीहरु, गाउँपालिका भित्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, गाउँपालिका विषयगत शाखा प्रमुखहरु, ७ वटै वडाका वड सचिवहरु, स्वास्थ्य चौकी प्रमुखहरु, देविमन्दिर माध्यमिक बिधालय पोबाङका प्रधानाध्यापकलाई उपस्थितको लागि अनुरोध गरेको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा, आइएनएफ रोल्पा, बाल क्लब, आमा समुह, अन्य गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि असोज २१ गते सुनछहरी गाउँपालिकाको केन्द्रमा गरिने पञ्चवर्षीय योजना पुर्व तयारी कार्यशाला गोष्ठी कार्यक्रममा उपस्थित भैदिनहुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले हस्ताक्षर गर्नु भएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्