भरत विश्वकर्मा, असोज १६ गते सुलिचौर रोल्पा ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँमा वडा कार्यालय र सामुदायिक वन उपभोक्ता समितिहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वडा भित्र रहेका सामुदायिक वनका उपभोक्ता समितिहरूको प्रगति विवरण, वित्तीय अवस्था, विधान तथा कार्ययोजना लगायत समग्र वन व्यवस्थापनसँग सम्बन्धीत समसामयिक विषयमा वडा भित्र रहेका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको बिचमा अन्तरक्रिया भएको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कुमार कवरले जानकारी दिनुभएको छ । साथै सामुदायिक वनको संरक्षणको लागि महत्वपुर्ण निर्णय समेत गरेको उहाँले बताउनुभयो ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कुमार कवरको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिका गाउँकार्यपालिका सदस्य तुल्सी सुनार, वडा सदस्यहरू र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू लगाएतको अन्तरक्रिया कार्यक्रममा सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्