मालश्री खबर, असोज १४ गते रोल्पा ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आइतबार पत्रकार भेटघाट मार्फत रोल्पा जिल्लाको पछिल्लो शान्ति सुरक्षा लगाएतको बिषयमा जानकारी गराउनु भएको छ । दशै तिहार, छड लगाएका चाडपर्बहरु नजिकिँदै गर्दा रोल्पाली जनतालाई पुर्ण रुपमा सुरक्षित भएको प्रत्याभूती दिलाउन र जिल्लामा थप अप्रिय घटनाहरु घट्न नदिनको लागी के गर्न सकिन्छ भन्ने उदेश्यले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भएको छ ।
अहिले सम्म जिल्लाको शान्ति सुरक्षालाई प्रभाबकारी बनाउनको लागी आम रोल्पाली जनता, जिल्लाका सबै राजनैतिक दल, पत्रकार, उद्योगी व्यावसायी सबैले आफु र प्रहरी प्रसासनलाई राम्रो सहयोग गरेको बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरे आफु रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएको ८ महिनाको समयमा जिल्लामा आम नागरिकको स्तर बाट देखिएका केहि समस्याहरुलाई थोरै भए पनि त्यस्ता समस्याको अन्त्य गर्न सफल भएको बताउनु भएको छ ।
८ महिना अगाडी आफु जिल्लामा आँउदा, जिल्ला प्रसासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र लगाएतको सेवा प्रभामा सेवा ग्राहिहरुको केही गुनासो आए पछि जिल्ला प्रसासन बाट दिने सेवालाई गुनासो नआउने गरि प्रभाबकारी सेवा सञ्चालन गर्न सफल भएको बताउनु भएको छ ।
रोल्पा जिल्लामा राहदानी बनाउन भनेर धेरैले निबेदन दिने गरे पनि राहदानी बनेर जिल्लामा आए पछि लामो समय सम्म पनि धेरै जना लिउन नआएको बताउनु भयो ।
राष्ट्रिय परिचय पत्र बनाउनको लागी जिल्लाको ७२ वटै वडाहरुमा सञ्चालन गरेको अभियानमा र जिल्ला प्रसासन कार्यालय बाट दैनिक दिने सेवा बाट गरि अहिले सम्म १ लाख भन्दा बढी व्यत्तिले आफ्नो बिबरण सिस्टमा चढाई सकेको बताउदैं जसमा २५ हजार व्यत्तिको राष्ट्रिय परिचय पत्रको कार्ड बनेर जिल्लामा आइसकको बताउनु भएको छ । रोल्पा जिल्लामा अन्य तराईको जस्तो नागरिकताको समस्या नभए पनि केहि सामान्य समस्या भने रहेको प्रजिअ घिमिरेले बताउनु भयो ।
अनुचित लेनदेनको जिल्लामा अहिले सम्म १४ वटा उजुरी आय पनि जसमा ११ वटा उजरीको छलफल मार्फत मिलापत्र गराउन सफल भएको र ३ वटा उजुरी भने अदालती प्रक्रियामा गएको जानकारी गराउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले यातायात क्षेत्र सञ्चालनमा पनि ठुलो समस्या भएको बताउनु भएको छ । यातायातमा भएको समस्या आफु आउने बेलाको भन्दा अहिले केहि सुधार भए पनि यति सुधारले आफु सन्तुष्ट भने नभएको प्रतिक्रिया दिनु भएको छ । पुर्ण रुपमा सुधार नहुनुमा कहि केतै केहि समस्या भएको भन्दै यस्तो समस्याको अन्त्य गरि पुर्ण रुपमा सुधार ल्याउनको लागी अहिले जस्तै जिल्लाको सञ्चार क्षेत्र, राजनैतिक दल, उद्योगी व्यावसायी लगाएत आम रोल्पालीको सहयोग मिलेमा अवस्य सुधार ल्याउन सकिने बताउनु भयो ।
जिल्लामा पछिल्लो समय केहि खाद्यान्न बिक्रि गर्ने पसलहरु बाट अखाद्य बस्तु र म्याद गुज्रिएको सामाग्रीहरु बिक्रि भएको भनेर आएको बिषयमा आफु गम्भिर भएको बताउँदै, प्रजिअ घिमिरेले बजार अनुगमनलाई तिब्रता दिएको बताउनु भएको छ । पहिलो चरणमा केहि खाद्यान्न बिक्रि गर्ने पसल र मेडिकलहरुमा देखिएको समस्या अर्को पटक यसो नर्गन भनि सामान्य कार्वाही गरेर छाडेको भए पनि पुनः फेरी त्यस्तै समस्या दोहोरिएका कानुन बमोजिम नै कार्वाही गरिने बताउनु भयो ।
अहिले पनि रोल्पा जिल्लामा बाल बिबाह, सम्बन्ध बिच्छेड, आत्म हत्या, बहुबिबाह, लागु पदार्थ सेवन, ओसारपसार र बेचबिखनको ठुलो समस्या रहेको छ । यस्तो समस्याको अन्त्य गर्नको लागी खाली प्रसासनले चाहेर मात्र संभब नहुने भएको हुनाले जिल्लामा रहेका सबै पक्षको सकारात्मक सहयोग मिलेमा भने अन्त्य गर्नको लागी सम्भब हुने समेत बताउनु भएको छ ।
घरेलु मेदिरालाई अहिलेको अबस्थामा पुर्ण रुपमा बन्देज गर्न निकै गाह्रो हुने बताउँदै प्रजिअ घिमिरेले यसको ब्राण्डिङ गर्दा राम्रो हुने बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा सहभागि पत्रकारहरुले रोल्पाली नागरिकहरुको शान्ति सुरक्षा र अन्य जनता सँग जोडिएको सेवाप्रबाहमा प्रमुख जिल्ला अधिकारी र प्रसासनले खेलेको भुमिका र समन्वय प्रभाबकारी भएको बताएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी, प्रहरी नायव उपरिक्षक डि एस पि श्याम कुमार सारु मगर, ससत्र प्रहरी बल रोल्पाका प्रहरी नायव उपरिक्षक बिष्णुदत्त अवस्थि, साहेक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी निर्बतमान अध्यक्ष महेश न्यौपाने, बर्तमान सचिव लोकेन्द्र चन्द, नागरिक दैनिकका पत्रकार दिनेश सुबेदी, कान्तिपुर टेलिभिजनका पत्रकार मिनराज रोका लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्