छायाँ पुन, असोज १४ गते रोल्पा ।
रोल्पा नगरपालिकाद्वारा सञ्चालित मेलमिलापकर्ताहरूका लागि दुई दिने पुनर्ताजगी तालिम आज (आइतवार) लिबाङमा सम्पन्न भएकाे छ ।
रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक गिता आचार्यले रहनुभएको थियो ।
रोल्पा नगरपालिकाका १० वटा वडाका ३६ जना मेलमिलापकर्ताहरुलाइ पुनर्ताजगी तालिम दिइएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।
शनिवार र आइतवार गरि दुई दिन सम्म सञ्चालन गरिएको तालिमको प्रशिक्षण जिल्ला अदालत रोल्पाका प्रमुख जिल्ला न्यायाधीश खिमानन्द भुषाल, श्रेष्टेदार शिव प्रसाद पराजुलीले गर्नु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको सञ्चालन रोल्पा नगरपालिका योजना शाखा प्रमुख सुशील थापाले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्