भरत विश्वकर्मा/असोज १४ गते सुलिचौर रोल्पा ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरि लार्भा नष्ट गर्ने सम्बन्धि स्थानीय तहसँगको सचेतनामूलक पैरवी कार्यक्रम अन्तरगत आज सुनिलस्मृति गाउँपालिकामा सम्पन्न भएको छ ।
सुनिलस्मृति गाउँपालिकाको सुलिचौर र रुइनिवाङ बजार क्षेत्रमा डेंगु रोग र यस रोगबाट बच्ने उपाय सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
सुलिचौर, रुइनिबाङ बजार परिक्रमा गरी जनचेतनामूलक कार्यक्रम गरेपश्चात सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।
सुलिचौर रुइनिबाङ बजार परिसरमा गरिएको सचेतनामूलक कार्यक्रममा डेंगु संकमन विशेषगरी पानीजम्ने भाडाँकुडा, कुलर, बटल, गमला, थोत्रो टाएर, ड्रम, घरको छतमा जमेको पानिमा फुल पार्ने सम्भावना हुने भएकोले यसबाट बच्न यसलाई नियमित रुपमा सरसफाई गर्नुपर्ने, घरको छटमा भएको पानिको ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, लामखुट्टेको विद्धि विकास हुने बासस्थान तथा फोहोर मैलाहरु नियमित रुपमा सरसफाइ गर्नुपर्ने जानकारी प्रदान गरिएको थियो ।
लामखुट्टेको टोकाईबाट बच्नको लागि पुरा बाहुला भएको कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने तथा स–साना बालबालिकाहरुको लागि सधै झुलभित्रमात्र सुत्ने बानीको विकास गराउने, घरको झ्यालधोकामा जाली राख्ने, लगाएतको सुझाब दिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिनुभएको छ । डेंगु रोगको विरुद्धमा कुनैपनि खोप तथा खास उपचार नभएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाए भएको बताउदै उहाँले सरसफाईमा विशेष रुपमा ध्यान पु¥याउन आर्गह गर्नुभएको छ ।
त्यस्तै स्क्रब टाइफस रोगको बारेमा पनि सजक रहन सुझाब दिनुभएको छ । स्कव टाइफस रोग एक प्रकारको मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । स्कव टाइफस रोग माइटमा पाइने ओरेन्सीया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्ने गर्दछ । यो रोग सार्ने किरा प्रायजसो झाडी, खेतबारी, वन, जंगल लगाएतको ठाउँमा देखिने गर्दछ ।
यस खालको रोगबाट बच्नको लागि खेतबारीमा काम गर्दा, वनजंगल झाडीमा जाडा, पुरा शरीर ढाकिने कपडा लगाउने, सुत्दा कोठा राम्रोसँग सरसफाइ गरेर सुत्ने, मुसाबाट सर्ने रोग भएकाले मुसाको वृद्धि विकास हुन नदिन उपयुक्त किसिमले अन्न भण्डारमा ध्यान पु¥याउने आग्रह गरिएको थियो ।
स्कव टाइफस रोग लागेमा उच्च ज्वरो आउने (१०४ डिग्री) , धेरै टाउका दुख्ने, आखा रातो हुने पसिना धेरै आउने, झाडापखला लाग्ने, विस्तारै शरिरका अंङगहरुले काम गर्न छाड्ने लगाएतका लक्षणहरू देखिने भएकाले यस्ता खालको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गरेमा उपचार सम्भव रहेको बताइएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाद्वारा सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा आयोजित पैरवी कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदी, सुनिलस्मृति गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् स्वास्थ्य शाखा प्रमुख मतिम आलम, गाउँपालिकाका अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सुलिचौर रुइनिबाङ बजार बासी, पत्रकार, सुरक्षाकर्मी लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्