रोल्पामा जेसीबी दुर्घटना हुदा एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

 

रोल्पामा जेसीबी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिर नजिक जेसीबी दुर्घटना हुदा घटना स्थलमै सहचालक अमृत चौधरीको ज्यान गएको हो ।

राप्ती गाउँपालिकाबाट रोल्पा लिबाङका लागि हिडेको जेसीबी दुर्घटना हुदा राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयाका सहचालक चौधरीको ज्यान गएको रोल्पा प्रहरी प्रमुख डियसपी श्याम सारुमगरले जानकारी दिनु भएको छ । रा १ ज ११८७ नम्बरको जेसीबी भदौरे मन्दिर जनिकैको घुम्तीमा खस्दा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जेसीबी चालक अन्दाजी २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी भने सामान्य रहेको प्रहरीको भनाई छ ।

ओरालोमा ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । २२ बर्षिक मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्