मालश्री खबर असोज १३ गते, रोल्पा
नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाले आफ्नो १७ औँ वार्षिक उत्सव मनाउने भएको छ । असोज २२ गते देखि २७ गतेसम्म लिबाङको टुडिखेलमा विविध प्रतियोगितात्मक कायक्रमको आयोजना गरि मनाउन लागेको नेपाल ाष्ट्रिय भूतपुर्ब सैनिक संघ जिल्ला कार्यसमिति रोल्पाका कोषाध्यक्ष तिलचन्द्र आचार्यले जानकारी दिनु भएको छ । आफ्नो १७ वार्षिक उत्सव विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि विगतको भन्दा फरक तरिकाबाट मनाउन लागेको संघका कोषाध्यक्ष आचार्यले बताउनु भएको छ ।
वार्षिक उत्सवको अवसरमा साविक राप्ती अंञ्चल स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता, खुल्ला जिल्ला स्तरिय महिला तथा पुरुष कपर्दी प्रतियोगिता, जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको आयोजनले जानकारी दिएको छ । साथै अन्य विविध कार्यक्रम अन्र्तगत महिला कुर्सि दौड प्रतियागिता, रस्सा कस्सी महिला, पुरुष प्रतियोगिता, भाले छोपाई प्रतियोगिता र दैनिक हाउजी विंगो प्रतियोगिताको समेत आयोजना गरिएको आयोजकले जानकारी दिएको हो ।
त्यस्तै टाढाबाट आउने खेलाडीको सुविधाको लागि दैनिक सस्तो मेश पनि संचालन गरिने बताइएको छ ।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद, मेडल, ट्रर्फि र प्रमाणप्रत्रको व्यवस्था गरिएको बताइएको छ । कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाउनको लागि आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्