मालश्री खबर असोज १२ गते, रोल्पा
सवारी दुर्घटना न्युनीकरण गर्नको लागी रोल्पा जिल्लाको दुई स्थानमा शुक्रबार ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सक्रियतामा र सर्बज्ञ हार्डवेयर लिबाङ रोल्पाको सहयोगमा जिल्लाको दुई स्थानमा ट्राफिक सचेतना बोर्ड राखीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नबिन भण्डारीले जानकारी दिनु भएको छ ।
ट्राफिक सचेतना बोर्ड रोल्पा नगरपालिका वडा न. २ रेउघा अस्पताल नजिकको घुम्तीमा र रोल्पा नगरपालिका वडा न. ४ शिक्षा कार्यालय नजिकैको घुम्तीमा राखिएको छ ।
बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यका साथ विभिन्न सन्देशमुलक लेखीएका बोर्डहरु राखीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नबिन भण्डारीले जानकारी दिनुभयो ।
हर प्रहर, गाउँ र नगरी, टोलटोलमा ट्राफिक प्रहरी, ट्राफिक नियम मिचेकोमा गर्व नगर्नुहोस्, दुर्घटनाको पिडा ट्राफिक प्रहरीलाई होईन, तपाई र तपाईको परिवारलाई हुनेछ, भन्ने लेखिएका बोर्डहरु राखीएको ट्राफिक निमित्त ईन्चार्ज भण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा पत्रकार लोकेन्द्र चन्द, अस्थायी प्रहरी चौकी रेउघाका ईन्चार्ज प्रहरी हवल्दार पुर्ण भण्डारी, केहि गाडी चालक, सहचालक र अन्य व्यत्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्