रोल्पामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर असोज १२ गते, रोल्पा  

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना व्यत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका वडा न. ३ मिझिङका ३२ वर्षीय टंकबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 

रोल्पाको रोल्पा नगरपालिका वडा न. १ बामरुक स्थित लिवाङ साद्दोबाटो सडक खण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकजाँच चलिरहेको बेला बिहीबार बेलुकी ४ बजेतिर लु १ प ४०९१ नम्बरको मोटरसाइकललाई ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र मागेपछि चालकले सवारी चालक अनुमति पत्र दिन नसकेपछि घुस दिन खोज्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए ।

तर पक्राउ परेका घर्ती भने चालक होइनन् । सोहि ठाउँका २६ वर्षीय दीपक विष्टले मोटरसाइकल चलाएका थिए । उनिसँग सवारी चालक अनुमति पत्र नै नभएको खुलेको छ । त्यसपछि ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतले मोटरसाइकल नियन्त्रणमा राखे। बस्नेतले जति आग्रह गर्दा पनि मोटरसाइकल नछोडेपछि त्यसपछि सँगै यात्रारत पक्राउ परेका घर्तीले पछाडिबाट सहायक हवल्दार बस्नेतको खल्तीमा ४ सय ५० रुपैयाँ घुस स्वरूप राखिदिए पछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

अहिले प्रहरीले ट्राफिकलाई घुसबापत रकम दिन खोजेको भन्दै उनीमाथि मुद्दा चलाउने र कसुर अनुसार मुद्दा चलाइ घर्तीलाई कानुनी बमोजिम कारबाही हुने प्रहरी निरीक्षक भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्