भरत विश्वकर्मा/असोज १२ गते रोल्पा ।
नेपाल सांस्कृतिक महासंघ माडी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल सांस्कृतिक महासंघ रोल्पाको अभियान अन्तर्गत शुक्रवार माडी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको नेपाल सांस्कृतिक महासंघ रोल्पाले जानकारी दिएको छ ।
नेपाल सांस्कृतिक महासंघ माडीको गाउँपालिकाको अधिवेशन उद्घाटन कार्यक्रमको अध्यक्षतामा नेपाल सांस्कृतिक महासंघ रोल्पाका सदस्य लालकुमार वली रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पा क्षेत्र नम्बर १ (ख) का क्षेत्रीय सभापति गोपाल घर्तिमगर, विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस निवर्तमान जिल्ला सदस्य कृष्ण डाँगी लगाएत विभिन्न व्यक्तित्वहरुको सहभागितामा प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट नेपाल सांस्कृतिक महासंघको पालिका सभापतिमा सर्जन डाँगी चयन हुनुभएको छ । महासंघको उपसभापतिमा रविना खड्का, सरिता डाँगी, कोषाध्यक्षमा रेखा भण्डारी, सचिवमा अम्मर घर्तिमगर, चन्द्रमा विक, सह–सचिवमा निशा खड्का सहितको १३ सदस्यीय कार्यसमिति चयन भएका छन ।
अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस रोल्पा क्षेत्र नम्बर १ (ख) का क्षेत्रीय सभापति गोपाल घर्तिमगर, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, नेपाली कांग्रेस माडी गाउँपालिकाका सभापति नबराज डाँगी, नेपाली कांग्रेस माडी गाउँपालिका कार्यसमिति, नेपाली कांग्रेसका अन्य भातृ तथा सुवेच्छुक संगठनका प्रतिनिधि लगाएतको सहभागिता रहेको नेपाल सांस्कृतिक महासंघ माडी गाउँपालिकाले जानकारी दिएको छ ।
सांस्कृतिक महासंघ माडी गाउँपालिका कोषाध्यक्ष रेखा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल सांस्कृतिक महासंघ रोल्पाका सदस्य सागर थापाले गर्नुभएको थियो ।
नेपाल सांस्कृतिक महासङ्घ रोल्पाले रोल्पा जिल्लाको सम्पूर्ण गाउँपालिका तथा नगरपालिकामा पालिका अधिवेशनको अभियान सञ्चालन गरी अधिवेशन सम्पन्न गरिरहेको छ । यस अघि रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका, र सुनछहरी गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न गरिसकेको र अब बाँकि पालिकाहरुमा पनि अधिवेशन सम्पन्न गर्ने नेपाल सांस्कृतिक महासंघ रोल्पाका सभापति सागरबाबु पुनले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्