रोल्पामा गाडी र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भिर घाइते

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर असोज १२ गते, रोल्पा  

रोल्पामा गाडी र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भिर घाइते भएका छन् ।

रोल्पाको सदरमुकाम लिबाङ देखि परिबर्तन गाँउपालिकाको खरिबोट जादै गरेकोे लु १ ज ४५३३ नम्बरको गाडी र माडी गाँउपालिका घर्तिगाँउबाट लिवाङ आउँदै गरेको बा २ ब ९६०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मालपोत कार्यालय घर्तिगाँउमा कार्यरत नायव सुब्बा प्युठानका बर्ष २२ का दुर्ग बहादुर घर्तिमगर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको । मोटरसाइकलमा सवार अर्का एक जनाको भने अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटना शुक्रबार दिउँसो १ बजेर २० को समयमा भएको बताइएको छ । मोटरसाइकल चालक घर्तिमगरको हाटमा गम्भिर चोट लागेको छ । घाइते घर्तिमगरको रोल्पा अस्पलाल रेउघामा सामान्य उपचार पछि उनलाई थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिर्फर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक देबिराम भण्डारीले जानकारी दिनु भएको छ । गाडी चालक परिर्बतन गाँउपालिका वडा न. २ राङ्सी निवासी वर्ष २७ का लाल बहादुर घर्तिमगर र गाडीलाई नियन्त्रणमा लिएरे जिल्ला प्रहरी कार्यालय रोल्पाका राखिएको बताइएको छ ।

गाडीमा १४ जना यात्रु सवार रहेका थिए, गाडीमा सवार सबै यात्रुहरु सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्