विश्व रेविज दिवस २०२३ को अवसरमा निःशुल्क खोप तथा अन्तिरक्रिया कार्यक्रम जुगारमा

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर असोज १२ गते, रोल्पा    

विश्व रेविज दिवस २०२३ को अवसरमा निःशुल्क खोप तथा अन्तिरक्रिया कार्यक्रम गरीएको छ । बुधबार त्रिवेणी गाउँपालिकाको केन्द्र जुगारमा उत्त कार्यक्रम गरीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले बताउनु भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको आयोजना तथा त्रिवेणी गाउँपालिकाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरीएको हो । रेविज रोग नियन्त्रणका लागि पालिका भित्र रहेका कुकुरहरुलाई निःशुल्क खोपको कार्यक्रम सञ्चालन गरीएको आयोजकले जानकारी दिएको छ ।

अन्तर्रक्रिया कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शंकर न्यौपानेले रेविज रोग सम्बन्धि कार्यपत्र पस्तुत गर्नुभएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको सुचना अधिकारी गिर बहादुरघर्तिमगरले बताउनु भएको छ ।

कार्यक्रममा रेविज रोज भनेको केहो , यो कसरी लाग्दछ , पशुबाट मानिसमा कसरी यो रोग सर्दछ भन्ने कुराको बारेमा पनि जाकारी गराइएको थियो । गाउँपालिका केन्द्र जुगार बजारमा रहेका छाडा तथा घरपालुवा ८७ कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाइएको छ ।

निःशुल्क खोप तथा अन्तिरक्रिया कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका नायव सुब्बा प्रेमप्रकाश पुनले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्