अपाङ्गता सरोकार समिति र सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम पाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

भरत विश्वकर्मा, असोज १२ गते रोल्पा ।

अपाङ्गता सरोकार समिति र सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम र टोल विकास संस्थाहरूलाई सूचीकृत तथा दर्ता प्रमाण पत्र वितरण कार्यक्रम लुङ्ग्री गाउँपालिकाका वडा नम्बर १ पाङमा सम्पन्न भएको छ ।

वडाको विभिन्न टोलहरूको विभिन्न गतिविधिलाई क्रियाशील बनाउनको लागि वडामा गठन भएका ६ वटा टोल विकास संस्थाहरूलाई सूचीकृत तथा दर्ता प्रमाण पत्र वितरण गरिएको लुङ्ग्री गाउँपालिका १ पाङका वडा अध्यक्ष गणेश पुनले जानकारी दिनुभयो । टोल विकास संस्थाको माध्यमबाट टोलमा रहेका आर्थिक सामाजिक, भौतिक लगाएतका गतिविधिमा टोल विकास संस्था परिचालन गरी टोल विकासकार्यलाई सक्रिय राख्न टोल विकास संस्थाहरूलाई सूचीकृत गरिएको उहाँले बताउनुभयो । टोल विकास संस्थाको माध्यमबाट वडाको थप विकासमा सहयोग पुग्ने उहाँले विश्वास गर्नुभएको छ ।

टोल विकास संस्थाहरूलाई सूचीकृत तथा दर्ता प्रमाण पत्र वितरणसँगै स्ट्रोम फाउण्डेशन सहयोगमा सञ्चालित हुरेक नेपालद्वारा अपाङ्गता सरोकार समिति र सरोकारवालाहरूको बिचमा अन्तरक्रिया कार्यक्रम पनि भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको हकहितको विषयमा अपाङ्गता सरोकार समिति र सरोकारवाला निकायहरूको बिचमा वृहत् रूपमा छलफल गरिएको हुरेक नेपाल लुङ्ग्री गाउँपालिका १ पाङका सामाजिक परिचालक गंगाराम डाँगीले जानकारी दिनुभयो । कार्यक्रममा अपाङ्गता लक्षित योजना तथा कार्यक्रमहरूको बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रममा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गणेश पुन, अन्य वडा सदस्यहरू, टोल विकास संस्थाका अध्यक्ष, सचिव, हुरेक नेपाल रोल्पाका सामाजिक परिचालकहरू, अपाङ्गता सरोकार समितिका कार्यसमिति लगाएतको उपस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्