भरत विश्वकर्मा, मालश्री खबर, असोज ७ गते रोल्पा ।
स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको ब्यवस्थापन र फलोअप सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम रोल्पाको लिवाङमा आइतवार सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय, रोल्पाको आयोजना तथा रुडास नेपाल सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा बर्थिङ सेन्टरका प्रसुतिकर्मीहरुका लागी स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन र फलोअप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बिशाल सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य रुडास नेपालका अध्यक्ष भिम बहादुर घर्ती मगर ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका पोषण फोकल पर्सन डिल्ली बहादुर के. सी. ले गर्नु भएको थियो ।
स्तनपानको संरक्षण र प्रवर्द्धन का साथै जन्मदा कम तौलका भइ जन्मिने शिशुहरुको उचित ब्यवस्थापनमा प्रसुतिकर्मीहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालको र रोल्पा जिल्लाको स्वास्थ्य पोषण अवस्थाका साथै स्वास्थ्य क्षेत्रमा आगामी प्राथमिकताहरू, स्तनपानको प्रवर्धन तथा संरक्षणका साथै जन्मदा कम तौल भएका शिशुको व्यवस्थापनमा प्रसुतिकर्मीहरूको भूमिका, पोषण सेवा गुणस्तर सुधार चेकलिष्टको प्रयोग र सामाजिक सुरक्षा कार्यक्रम बाल नगद अनुदानको लागि प्रसतिकर्मीहरूको भूमिका बिषयमा अभिमूखीकरण कार्यक्रम गरिएको सुआहारा कार्यक्रम संयोजक टेकेन्द्र घर्तीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बाट कार्यालय प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत विशाल सुवेदी, प. हे. न. निरीक्षक सिता कँवर, तथ्यांश सहायक अरुण भिटु उपाध्याय, रोल्पा अस्पताल बाट वरिष्ठ अ. न. निरीक्षक सर्मिला पोख्रेल र सुआहारा कार्यक्रमका तर्फबाट पोषण तथा स्वास्थ्य कन्सल्टेन्ट निर्मला भण्डारी र कार्यक्रम संयोजक टेकेन्द्र घर्ती ले सहजीकरण गर्नुभएको थियो
अभिमुखीकरण कार्यक्रममा १० वटै स्थानीय तह बाट २४ जना बर्थिङ सेन्टरका प्रसुतिकर्मीहरूको सहभागीता रहेको रुडास नेपाल रोल्पाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्