सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा रोल्पामा सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, असोज ६ गते रोल्पा ।
नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघ अन्तर्गत संचालन भएका जिल्ला भरका सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा आज सम्पन्न भएको छ ।

कार्यक्रम समापनको समयमा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले नेपाल देशलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा धेरै मेडल लिने खेल र देशको शिर उच्च राख्ने खेल भएको बताउनुभएको छ । नेपाल तेक्वान्दो संघको विधान कार्यक्रम अनुसार ग्रेडिङ कार्यक्रममा सहभागी हुने खेलाडीहरुलाई तेक्वान्दो खेलको माध्यमिक र उच्च माध्यमिक तहको परीक्षामा सफलता पूर्वक सहभागीता सबै जनाले उत्कृष्ट प्रर्दशन गरेको बताउदै सबै जनालाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सहभागी खेलाडीहरुलाई आआफ्नो क्षेत्रबाट खेलको विकासमा थप सहयोग पु¥याउन सुझाब दिनुभएको थियो । ग्रेडिङ परीक्षार्थीकरुको परीक्षा लिएको सम्पूर्ण कागजातहरु जिल्लाले प्रदेशमा र प्रदेशले अनुमोदन गरी केन्द्रमा पुर्याई केन्द्रले रिजल्ट निकालेने प्रावधान रहेको उहाँले जानकारी दिनुभएको छ ।

सो ग्रेडिङ परीक्षामा हात खट्टाको प्रयोग गरी विभिन्न बलक, किकिङ, स्पाइरिङ, टायल फल्याक ब्रेकिङ, पुम्से पर्दशन, गायतका कार्यहरु प्रर्दशन गरेवापत ग्रेडिङ परीक्षामा सफल हुन सकिन्छ ।

प्रथम डान र दोस्रो डान बल्याक वेल्टको ग्रेडिङ परीक्षामा प्रथम डान बल्याक वेल्ट तर्फ ११ जना र दोस्रो डान बल्याक वेल्ट तर्फ ६ जना गरी जम्मा १७ जना खेलाडीहरुको सहभागीता रहेको थियो । उक्त ग्रेडिङ परीक्षामा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, उपाध्यक्ष त्रिभुवन राना, सहसचिब दिलीप परियार, रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर, जिल्ला ग्रेडिङ समितिका पदाधिकारीहरु, लगायत जिल्ला स्थित तेक्वान्दोका सिनियर खेलाडीहरु लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्