Ad image

बर्षाको कारण पहिरो जादा लुङ्ग्री १ पाङमा लाखौको क्षती

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, असाेज ६ गते राेल्पा ।।
केहि दिन अगाडी परेको अविरल वर्षाले लुङ्ग्री गाउँपालिका वडा नम्बर १ को विभिन्न क्षेत्रमा क्षति पु¥याएको साथै लाखौको क्षती भएको छ ।

अविरल बर्षाको कारणले गर्दा लुङ्ग्री गाँउपालिका वडा न. १ को पाङ माद्दर स्थित नरे रोका क्षेत्री को गोठमा बाधेर राखेको दुई वटा भैंसी पहिरोमा पुरी मृत्यु भएको छ । त्यस्तै वडा न. १ निवासी झरणा पुनको घर लगाएत अन्य व्यक्तिहरुको गोठमा पनि क्षति पु¥याएको लुङ््री गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गणेश पुनले जानकारी दिनुभएको छ ।


त्यस्तै भारी वर्षाको कारण सुलिचौर देखि पाङ सम्मको मोटरबाटो पनि अबरुद्ध भएको बताइएको छ । घटनाबाट कुनै पनि मानविय क्षति भने नभएको अध्यक्षले जानकारी दिनुभएको छ । अझै पनि बर्षाद नसकिएको हुनाले बाढी पहिरोको उत्तिकै जोखिम भएको हुनाले सबै जना सुरक्षित क्षेत्रमा बस्नको लागी अध्यक्ष पुनले वडा बासि सबैलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्