त्रिवेणी गाउँपालिकामा रेबिज सप्ताह सुरु

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

अमृत वली
मालश्री खबर असोज ६ गते रोल्पा ।

विश्व रेबिज दिवस अवसरमा रोल्पाको त्रिवेणी गाउँपालिकाले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । रेबिज सप्ताहअन्तर्गत गाउँपालिकाले ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित शुक्रबारदेखि एक सातासम्म रेबिजविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरेको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा शन्देस मुलक सुचना र नारा सहित बजार परिक्रमा गर्दै रेबिज सप्ताह सुरु भएको हो । गाउँपालिकाको पशुपन्छी शाखाका प्राविधिकले पालिकाबासीले ल्याएका कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन थालेको त्रिवेणी गाउँपालिका पशुपन्छी शाखाका प्रमुख मञ्जु वली बताउनुभयो ।

हरेक वर्ष सेप्टेम्बर २८ का दिन विश्वभर रेबिजविरुद्धको चेतनामूलक कार्यक्रमसहित विश्व रेबिज दिवस मनाउने गरिएको छ । वलीका अनुसार गाउँपालिकाले हाललाई २ सय डोज भ्याक्सिन तयारी अवस्थामा रहेको र आवश्यकताअनुसार थप व्यवस्थापन गरिने वलीले जानकारी दिनुभयो ।

घरघरमा पुगेर घरपालुवा कुकुरलाई खोप लगाउन नसकिने भन्दै वलीले गाउँपालिकाको पशुपन्छी शाखा तथा सम्बन्धि वडा कार्यालयमा आउन पनि पालिकाबासीलाई आग्रह गर्नुभयो । उहाँले छाडा कुकुरलाई पनि खोप लगाउने योजना रहेको बताउनुभयो ।

साथै यहि असोज महिनाको १० गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा र त्रिवेणी गाउँपालिकाको सहकार्यमा पालिकाको केन्द्र नेर्पा बजारमा रहेका छाडा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम रहेको वली जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्