रास्वपाका सभापति लामिछाने रोल्पाकाे भ्रमण सकाएर काठमाडौं फर्किए

मालश्री खबर
मालश्री खबर ५ आश्विन २०८०, शुक्रबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,असोज ५ रोल्पा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रोल्पा भ्रमण सकाएर फर्किएका छन् । असोज २ गते रोल्पा आएका लामिछानेको ४ दिने भ्रमण सफल भएको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिनुभयो । सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेटघाट गरि फर्किएका हुन् ।

लामिछानेका स्वकीय सचीव प्रकाश सिद्धेलले सभापति लामिछाने जुन लक्ष्य र उद्देश्य लिएर रोल्पा आउनु भयो, त्यो उहाँको चाहना पुरा भएकोे बताएका छन् ।

भापति लामिछानेले असोज २ गते पूर्वी रोल्पाको सुलिचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्नु भएको थियो । सुलिचौरको भेटघाट कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ प्रवेश गर्नुभएको थियो।सोही दिन उनले लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्नुभएको थियो।सदरमुकाम लिबाङको भेटघाट कार्यक्रम सकाएर सभापति लामिछाने पश्चिम रोल्पा प्रवेश गर्नुभएको थियो । असोज ३ गते बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा पुग्नु भएको थियो । त्यहाँ उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्नु भएको थियो ।

बागमाराको कार्यक्रम पछि उनी परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर पुग्नु भएको थियो । पुचलाचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नु भएको थियो।पुतलाचौर पछि उनी परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोट पुग्नु भएको थियो ।

खरिबोटमा स्थानिय स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नु भएको थियो।खरिबोट पछि उनी सोही दिन माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पाको थबाङ गाउँपालिकाको ठूलोगाउँ पुग्नु भएको थियो । सोही दिन थबाङमा लामिछानेले केही स्थानिय पार्टी कार्यकर्ता,जनप्रतिनिधि तथा शुभचिन्तकहरुलाई भेट्नु भएको थियो । अन्यत्र भन्दा लामिछानेको थबाङ बसाई तुलनात्मक रुपमा लामो रहेको थियो ।

असोज ४ गते बिहीबार थबाङ्मा केही स्थानीय कार्यकर्ता,जनप्रतिनिधि, सहिद परिवार तथा शुभचिन्तकहरुसँग भेटघाट कार्यक्रम पछि फर्कने क्रममा थबाङ गाउँपालिका–३ मिरुलको टुटु बजारमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्नु भएको थियो । त्यसपछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउनु भएको थियो ।

घर्तिगाउँमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेट्नु भएको थियो।घर्तिगाउँ पछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्नु भएको थियोे भने तिलामै रहेको युद्ध संग्राहलयको समेत अवलोकन गर्नु भएको थियो सोही दिन साँझ तिला पछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार पुग्नु भएको थियो ।असोज ५ गते शुक्रबार आज होलेरीमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नु भएको छ।लामिछानेको चार दिने रोल्पा भ्रमण सफलता पूर्वक सकिएको लामिछानेका स्वकीय सचीव प्रकाश सिद्धेलले जानकारी दिनु भएको छ ।

भेटघाट कार्यक्रममा सभापति लामिछानेले रोल्पा देश परिवर्तनको जिल्ला भएको र रोल्पाले पछिल्लो खोजेको कुरा मुख्य भएको बताएका थिए । रोल्पाले देशको परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै यहाँसम्म ल्याई पुर्याउने पुराना दलका नेताको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए । आफ्नो भ्रमण कुनै पनि पार्टी लक्षित नभएको र आम रोल्पाली जनताको मनमा बस्नको लागि आफू रोल्पा आएको बताए । अब नेपाली जनताको लागि समस्या समाधान गर्नको लागि कुनै हिंसाबाट नभएर ब्यालेटको माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए ।

आफूहरू कुनै पार्टीसँग पूर्वाग्रही नराखी स्वच्छ प्रतिस्पर्धाको लागि र लोकतन्त्र रक्षाको लागि होमिएको बताएका थिए । आफू संसद्मा थबाङको समस्या रोल्पाको समस्या, सहिद मार्गको समस्या रोल्पा जनताको शिक्षा, स्वास्थ्य, रोजगार ,विद्युत, सञ्चार, रोल्पाका महिला लगायतको समस्याहरु लगेर जाने र संसद्मा बोल्ने समेत बताएका थिए ।

सभापति लामिछानेका साथमा लुम्बिनी प्रदेशका सभापति देवराज पाठक, महामन्त्री निलराज अधिकारी,लामिछानेका स्वकीय सचीव प्रकाश सिद्धेल र सुरक्षा गाड सन्तोष पौडेल सहितको टोली रहेका थिए । रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ । लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो, उत्सुकता र रोचकका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्