दिपक पुन, मालश्री खबर,
असोज ४ गते लिवाङ रोल्पा ।
मधेस मानव अधिकार माहुरी होम रोल्पाको आयोजना साथै यु.एन.एफ.पि.ए.को आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम धार्मिक गुरुहरुसङ्ग अन्तरक्रिया कार्यक्रम रोल्पाको लिवाङमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम माहुरी होमका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रामद याल ठाकुरको अध्यक्षता, रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्ययता, उपप्रमुख गिता आचार्यको विशिष्ट आतिथ्ययतामा साथै विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले बालविवाह अहिले विश्वव्यापी समस्या रहेको बताउनुभएको थियो । उमेर पुगेर आत्मनिर्भर भएपछि मात्र बिबाह गर्न आग्रह गर्दै कार्यक्रमले धार्मिक सहिष्णुताको आशा लिएको बताउनुभएको थियो ।
‘केही धर्मावलम्बीहरूले राम्रो संस्कारलाई संरक्षण गर्ने र नराम्रो संस्कारलाई छोड्दै जादा राम्रो हुने बताउदै, कार्यक्रमले स्थानीय सरकारलाई पनि थप सहयोग पुग्ने रोल्पा नगरपालिका उपप्रमुख गिता आचार्यले बताउनु भएको थियो ।
बालविवाहका कारणले धेरैले अकालमै आत्महत्या गरी ज्यान गुमाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख, डिएसपि श्यामकुमार सारु मगरले बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण निरन नेपालका रुबेन पाख्रीम र बिमला गैरेले गर्नु भएको थियो । कार्यक्रम समापन माहुरी होमका वरिष्ठ केन्द्रीय उपाध्यक्ष राम दयाल ठाकुरले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन माहुरी होम रोल्पा जिल्लाका सुपर भाईजर लोकेन्द्र सेनले गर्नु भएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, मानव अधिकारकर्मी विनोद आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख डियसपी श्यामकुमार सारु मगर, यु.एन.एफ.पि.ए. रोल्पाका जिल्ला संयोजक केदार राणा मगर, माहुरी होमका वरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुर, नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष नवीनलोचन मगर, विभिन्न मिडियामा आबद्ध पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्