सुनछहरी गाउँपालिकाद्वारा संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान

मालश्री खबर
मालश्री खबर ३ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, असाेज ३ गते रोल्पा 
सुनछहरी गाउँपालिकाले संविधान दिवसको अवसरमा गाउँपालिकामा विभिन्न व्याक्तित्वहरुको बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनको निर्देशनमा संविधान दिवसको पुर्व सन्ध्यामा गाउँपालिका भित्रका सबै वडा कार्यालयहरुमा असोज २ गते राती द्धिप प्रज्वलन गरी मनाएको र वडाका विभिन्न टोलटोलमा सरसफाई गरिएको सुनछहरी गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । साथै गाउँपालिकाले आज साँझको समयमा पनि कार्यालयमा द्धिप प्रज्वलन गर्ने बताइएको छ ।
संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसस्था लगाएत विभिन्न व्याक्तित्वहरुको बिचमा गरिएको सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभएको छ ।
सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनले संविधानको आम नागरिकले पालना गर्नुपर्ने बताउनु भयो । नेपालको संविधान निर्माणमा जनताको ठुलो त्याग र बलिदान रहेको बताउदै, संविधानको रक्षा गर्नु पनि सबैको दायित्व रहेको बताउनु भयो ।,
गाउँपालिका अध्यक्ष धन बहादुर पुन, उपाध्यक्ष ननकला घर्ति, प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले संविधान दिवसको अवसरमा सम्पुर्ण गाउँपालिका बासी नागरीकहरुलार्ई संविधान दिवसको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्