सुर्य प्रकाश बुढा मगर,असोज ३ रोल्पा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रोल्पा ऐतिहासिक गाँउ थबाङ पुग्नु भएको छ । नेकपा माओवादी केन्द्रले यो देशको परिवर्तनको लागी २०५२ साल फागुन १ गतेदेखि सुरु गरेको सशस्त्रकाे उद्गम थलो थबाङ पुग्नु भएको हो।सभापति लामिछाने काठमाडौं देखि नेपालगञ्ज र नेपालगञ्ज देखि मंगलबार रोल्पा आई पुग्नु भएको हो।सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम अनुसार सदरमुकाम लिबाङको कार्यक्रम समाप्न पछि उनी पश्चिम रोल्पाका गाउँ छिर्ने योजना रहेको छ ।
लामिछाने बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा,परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर र परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोटमा स्थानिय स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नु भएको छ।भेटघाट कार्यक्रममा सभापति लामिछानेले रोल्पाको परिवर्तनको जिल्ला भएको र रोल्पाले पछिल्लो समय के खोजेको छ भन्ने कुरा मुख्य भएको बताउनुभयो।रोल्पाले देशको परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै यहाँसम्म लिइ पुर्याउने पुराना दलका नेताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो।आफ्नो भ्रमण कुनै पनि पार्टी लक्षित नभएको र आम रोल्पाली जनताको मनमा बस्नको लागि आफू रोल्पा आएको बताउनुभयो।अब नेपाली जनताको लागि समस्या समाधान गर्नको लागि कुनै हिंसाबाट नभएर ब्यालेटको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो।आफूहरू कुनै पार्टीसँग पूर्वाग्रही नराखी स्वच्छ प्रतिस्पर्धाको लागि र लोकतन्त्र रक्षाको लागि होमिएको बताउनुभयो।रोल्पाले राजनीति हिसाबले जति चर्चा परिचर्चा पायो तर आम नागरिकसँग जोडिएको शिक्षा,स्वास्थ्य,रोजगार लगायतमा सोचेको जस्तो नभएको जिकिर गर्नुभयो ।
थबाङ गाउँपालिका वडा न.३ को टुटु बजारमा भने शुक्रबार फर्किदा भेटघाट गर्ने बताइएको छ । थबाङमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । थबाङको कार्यक्रम पछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउने छन । घर्तिगाउँमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरु सँग भेट्ने छन।घर्तिगाउँ पछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्न पुग्ने छन । तिला पछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने छन।होलेरीमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन ।
लामिछानेको रोल्पा बसाई पाँच गते सम्म रहने छ।सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाल,लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ ।रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ।लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो,उत्सुकता र रोचकका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्