रोल्पामा संविधान दिवसको अवसरमा जिल्ला स्तरीय पुरुष डबल व्याडमिन्टन प्रतियोगिता शुरु

मालश्री खबर
मालश्री खबर २ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, असोज २ गते रोल्पा ।

संविधान दिवस २०८० को अवसरमा, रोल्पामा जिल्ला स्तरीय खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता आज उदघाटन भएको छ ।

रोल्पा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष बेगम कुमार हमालले अध्यक्षता गर्नुभएको थियो भने, प्रमुख अतिथि रोल्पा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य, विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खटिवडा, अतिथि– प्रमुख कोष नियन्त्रक रमेश घिमिरे, अतिथि– जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक श्याम सारुमगर, अन्य अतिथिहरुमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, खेलाडीहरु, सुरक्षा कर्मी, उद्योगी व्यसायी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशेष अतिथि तथा जिल्ला प्रशासन कार्यालय रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खटिवडाले स्वागत मन्तव्य सहित संविधान दिवसको बारेमा बताउनुका साथै सहभागी खेलाडीहरुलाई शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि रोल्पा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यले संविधान राष्ट्रको मार्गचित्र र नागरिक अधिकारको वडापत्रको भन्नुका साथै खेलकुद हाम्रो जीवन हो, एकता हाम्रो शक्ति हो हाम्रो सीप लगनशीलताबाट चम्किन्छ शान्ति र स्थिरता मार्फत समृद्ध हुनेछ खेलकुद क्षेत्रलाई जिल्ला समन्वय समितिले विशेष रुपमा हेर्दै आइरहेको र खेल क्षेत्र र पर्यटबाट रोल्पा जिल्लालाई समृद्ध बनाउन लागि परेकोले यसमा सबै तह र तप्काहो आवश्यक रहेको कुरा बताउनु भएको थियो ।

कार्यक्रमका सभा अध्यक्ष तथा रोल्पा जिल्ला जिल्ला व्याडमिन्टन संघका अध्यक्ष बेगम कुमार हमालले संविधान दिवसको अवसरमा व्याडमिन्टन खेल संचालनको लागि संघलाई जिम्मा दिइएकोमा प्रमुख जिल्ला अधिकारी लगायत संविधान दिवस मूल समारोह समितिलाई धन्यवाद ज्ञापन गर्नुका साथै रोल्पा जिल्लाको व्याडमिन्टन संघले कभर्डहरुको लागि पूर्व मन्त्री लगायत सरकारी कार्यालय संघ स्थाहरुबाट सहयोगमागी मिनी कभर्डहलाई व्यवस्थित गरिएको कुरा बताउनुका साथै सो प्रतियोगिता दुई चरणमा विभाजन गरी खेलाइएको र समूह ए मा ८ वटा टिम र समूह बि मा २० टिमले प्रतिस्पर्धा गर्ने कुरा जनाउनुका साथै सो खेल असोस ३ गतेसम्म संचालन हुनु कुरा समेत बताउनु भएको थियो उक्त कार्यक्रम संचालन रोल्पा जिल्ला व्याडमिन्टन संघका महासचिब हेमन्त खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्