केही दिनमै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँछ प्रदेश सभापती पुन

मालश्री खबर
मालश्री खबर १ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर /असाेज १ गते रोल्पा ।।

शिखरकोट युवा क्लब थबाङ गाउँपालिका–३ मिरुल जाया रोल्पाको ९औं वार्षिकोत्सब तथा हरितालिका तिजको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिता उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले अबको केही दिनमै लुम्बिनी प्रदेशमा तिन वटा मन्त्रालयले पूर्णता पाउने बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सभापति पुनले अहिले सम्म पनि लुम्बिनी प्रदेश सरकारले तीनवटा मन्त्रालय पाउन नसकेको र अबको केही दिनमा पूर्णता पाउनेमा आफू विश्वस्त भएको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारमा गठबन्धनको सरकार भएकोले केही दलका नेतृत्वहरुसँग मन्त्री बनाउने सन्दर्भमा कुरा नमिल्दा अहिलेसम्म तीनवटा मन्त्रालयले मन्त्री पाउन नसकेको समेत बताउनुभयो ।

अहिले लुम्बिनी प्रदेश सरकारमा मन्त्रालयको संख्या नबढाउने पक्षमा भएको बताउदै पुनले भन्नुभयो, यदि लुम्बिनी प्रदेश सरकारमा सबै मन्त्रालय बनाउने हो भने १७ वटा मन्त्रालय बन्छ र मन्त्रालयको खर्च पनि एक मन्त्रालय बराबर एक करोड खर्च हुने १७ वटा मन्त्रालयको १७ करोड खर्च हुने बताउनुभयो ।

त्यस्तै पछिल्लो समय नेपालले आर्थिकको अभाव खेप्नुपरेको बेलामा प्रदेश सरकारले पनि मन्त्रालयको संख्या बढाउने काम गरेमा आर्थिक भार पनि बढ्दै जाने समेत बताउनुभयो। अहिले लुम्बिनी प्रदेश सरकारमा जति मन्त्रालयको संख्या छ त्यति नै मन्त्रालय कायम हुने समेत जिकिर सभापति पुनले गर्नुभयो ।

पुनले लामो समय पछी नेपाली जनताको त्याग,तपस्या र संघर्षबाट निर्माण भएको संविधानको रक्षा गर्न अहिलेको नेतृत्व र आम नेपाली जनताको दायित्व भएको समेत बताउनुभयो। अहिले नेतृत्व गरेको सरकारले आम नेपाली जनताको प्रत्येक्ष जनजिबिकासँग जोडिएको पक्षमा काम गर्ने गरि अगाडि बढेको समेत बताउनुभयो ।

अहिलेको सामाजिक सञ्जालले समाजलाई कता लैजादै छ भन्ने कुरा अहिलेको मुख्य कुरा भएकोले राम्रा, नराम्रा काम युट्युव, फेसबुक, टिकटक र ट्विटर लगायतमा आइरहेकोले सत्य तथ्यमा लाग्न समेत आग्रह गर्नु भएको छ। जे आयो त्यसलाई सहि हो कि भन्ने अहिलेको प्रवृत्ति हावी भएको बताउदै त्यसको गहिराईमा गएर यथार्थ के हो भनेर बुझ्ने र सहि लाई सहि र गलत लाई गलत भन्न सक्नुपर्ने समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्