मालश्री खबर, भाद्र ३१ गते
नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला समन्वय समिति रोल्पाको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन–प्रचार प्रसार तथा प्रकाशन विभागका केन्द्रिय समितिका नेपबहादुर वली र केन्द्रिय महिला विभाग तथा प्रदेश समितीका सदस्य श्रीकुमारी रोकालाई बधाई तथा सम्मान गरेको छ ।
बैठकमा मालपोत कार्यालय रोल्पाका प्रमुख डिल्लीराज न्यौपाने, नापी कार्यालय रोल्पाका प्रमुख शिवराज पोख्रेल, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन–प्रचार प्रसार तथा प्रकाशन विभागका केन्द्रिय समितिका नेपबहादुर वली, केन्द्रिय महिला विभाग तथा प्रदेश समितीका सदस्य श्रीकुमारी रोकाला, पत्रकार महेश न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियो ।
बैठकमा बोल्ने बक्ताहरुले नवनियुक्त कार्यसमितिलाई बधाई दिएका छन् । साथै आफ्नो पेशालाई मर्यादित र निष्पक्ष ढंगले लैजान आग्रह गरेका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समिति रोल्पाका अध्यक्ष अर्जुन डाँगीको अध्यक्षतामा सुरु भएको बैठकको स्वागत मन्तव्य नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समिति रोल्पाका उपाध्यक्ष भक्तराम पि.एम् ले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समिति रोल्पाका सचिव यमप्रकाश बुढाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्